संसदीय दलको नेताका लागि देउवाले शशांकसँग मत मागे

काठमाडौं, मंसिर २०-

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको नेता चुनिनका लागि नेता डा.शशांक कोइरालासँग मत माग्नुभएका छन् । कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार निर्वाचनपछि बधाई साट्न बालुवाटार पुगेका कोइरालासँग देउवाले मत माग्नुभएको हो।

देउवाले मत मागेपछि सल्लाह गरौंला नि भनि जवाफ फर्काएका थिए । देउवा र कोइरालाको २-३ दिनपछि पुन संवाद हुने तिवारीले जानकारी दिनुभयो ।