बारा, पुष ४ गते ।
बारामा मोटरसाइकल दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । हिजो आइतबार साँझ दुर्घटनामा रौतहटका दुई जना युवकको मृत्युभएको हो । सोही मोटरसाइकलमा सवार अर्का एक जना घाइते भएका छन् ।
सडकको छेउमा मर्मत गर्न राखिएको ट्रकमा मोटरसाइकल ठोक्किँएर रौतहटको गुजरा नगरपालिका वडा नम्बर ३ सिम्रिका निवासी २६वर्षीय भुवन पहारी र २७ वर्षीय रितबहादुर राई रहेका छन् । दुर्घटनामा सोही स्थानमा २४ वर्षीय सुशील माझी घाइते भएका छन् ।
आइतबार साँझ करवी ७ बजे पूर्वपक्षिम लोकमार्गको भमरा र धन्सार पुलबीचको जङ्गलमा पर्ने सिम्री जाने सडकभन्दा करिब २ सयमिटर पर दुर्घटना भएको थियो जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
चक्का फेर्न भनेर राजमार्ग छेउमा रोकेर राखेको प्रदेश २–०३–००१ ख ४२२९ नम्बरको ट्रकमा निजगढबाट सिम्रीतर्फ जाँदै गरेको प्रदेश २–०३ –००९ प ३९४३ नम्बरको मोटरसाइकल ठोक्किएपछि मोटरसाइकलमा सवार ३ जना मध्ये दुई जनाको घटनास्थलमै ज्यान गएकोप्रहरीले जनाएको छ । गम्भीर रुपले घाइते सुशिललाई उपचारको लागि भरतपुर पठाइएको छ ।




