थारु गित “तु मोरीक दिलके धडकन” सार्वजनिक

एस.एस.पटेल, पुष ६ गते ।

चिर्चित थारु गायिका अनु चौधरी र गायक महेस चौधरीको स्वरमा “तु मोरीक दिलके धडकन” सार्वजनिक भएको छ । सन्जय चौधरीको शब्द र संगित रहेको उक्त गितको म्युजिक भिडियो बि एण्ड जि इन्टरटेन्मेन्ट नेपालको युटुव मार्फत विश्वभर एक साथ सार्वजनिक भएको हो ।

अनु र महेसको स्वर र सन्जय चौधरीको संगितलाई गणेश चौधरीले सम्पादन गरेको छन् । “तु मोरीक दिलके धडकन” लाई वि एण्ड जि इन्टरटेन्मेन्टका संचालक गणेश चौधरीे निर्माता रहेका छन् ।

“तु मोरीक दिलके धडकन” गितको भिडियोमा थारु इन्डष्ट्रिका चिर्चित कलाकार विर चौधरी र अनुस्का थारुले अभिनय गरेको छन् भने भिडियोलाई आदर्श महतो निर्देशन गरेको छन् ।