बाराको जीतपुरबाट दुई किलो युरेनियम सहित तीन जना पक्राउ

बारापुस १० गते

बारामा दुइ किलोग्राम युरेनियम सहित तिन जना पक्राउ परेका छन् जिल्लको पथलैयाबिरगंज सडकखण्ड अन्तर्गत जीतपुरसिमराउपमहानगरपालका वडा नम्बर स्थित एक होटेलबाट दुई किलो युरेनियमसहित तीन जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो

सशस्त्र प्रहरी बल नेपाल ईन्टेलिजेन्स ब्युरोको विशेष सुचनाका आधारमा सशस्त्र प्रहरी बल १२ नम्बर गण हेक्वा मातहत सशस्त्र बेसक्याम्प जीतपुरको टोलीले जितपुर स्थित आदित्य होटेलबाट शनिवार साँझ सशस्त्र प्रहरीटोलिले युरेनियम सहित पक्राउ गरेको हो

पक्राउ पर्नेमा जीतपुरसिमरा का रबि चौधरी, का ३० वर्षीय सागर चौधरी रौतहट माधव नारायण नगरपालिका का २२ वर्षकाबृज सहनी रहेको सशस्त्र प्रहरी बाराका प्रवक्ता अमरबहादुर खत्रीले जानकारी दिनु भयो युरेनियम जस्तै देखिने बस्तुसहित उनीहरुलाईआवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरी बाराले जनाएको छ।