मधेस, पुस १३ गते ।
जयनगरबाट जनकपुर आउँदै गरेको रेलले किचेर एक जनाको मृत्यु भएको छ । रेलले किचेर धनुषा जिल्लाको विदेह नगरपालिका-९ स्थित वैदेही स्टेशनमा नगराइन नगरपालिका-२ बस्ने ३५ वर्षीय पूर्णा सदाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीका अनुसार गुडिसकेको रेलमा जबरजस्ती चढ्न लाग्दा खुट्टा फसेर साह रेल्वे लिकमा लड्दा दुर्घटना भएको थियो ।




