ज्योतिषीलाई साइत हेराएर आजै साँझ बालुवाटार सर्दै प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, पुस १३–

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आजै साझ सरकारी निवासी बालुवाटार सर्ने भएका छन् । ज्योतिषीलाई साइत हेराएर बेलुकी ५ बजे बालुवाटार प्रवेश गर्ने प्रचण्डको सचिवालय स्रोतले बतायो ।

स्रोतका अनुसार प्रचण्ड बालुवाटारकै ज्योतिष टीकाराम घिमिरेसँग साइत हेराएर सर्न लागेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि उनीसँग साइत हेराएर बालुवाटार छाडी धुम्वाराहीमा सरेका छन् ।