अब सरकारले पत्रकारको निशुल्क उपचार गर्ने, ७ लाखको दुर्घटना बीमा समेत

सरकारले श्रमजीवी पत्रकारका लागि निशुल्क उपचारको व्यवस्था गरेको छ ।

शनिबार आर्थिक वर्ष २०७८–७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सो जानकारी गराएका हुन् ।

आगामी साउन १ गतेदेखि नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई प्रेस काउन्सिलले जारी गरेको उपचार सुविधा परिचयपत्रको आधारमा देशभित्रका सबै सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था समेत मिलाइएको पौडेलले जानकारी दिए ।

यस्तै पत्रकारका लागि ७ लाख सम्मको दुर्घटना बीमा गरी प्रिमियमका ५० प्रतिशत रकम बेहोर्ने व्यवस्था मिलाएको उनले बताए ।