यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । भारतको उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी र लुम्बिनी प्रदेशका एक- दुई स्थानमा हल्का वर्षा भईरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ ।देशको पहाडी … Read more

बाढीपहिरो र डुबानमा परी १९२ जनाको मृत्यु, ३० जना बेपत्ता

काठमाडौं, असोज १४- अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म १९२ जनाको मृत्यु भएको छ भने ३० जना बेपत्ता भएका छन् । प्राकृतिक विपद्मा एक सय ९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार … Read more

भोटेकोसीले तातोपानी नाका जोड्ने लार्चाको पुल बगायो

काठमाडौँ, असाज १२- अरनिको राजमार्गअन्तर्गत लार्चाको पुल भोटेकोसी नदीले बगाएको छ। बिहीबारदेखि परेको अविरल पानीले भोटेकोसी नदीको बहाव बढेर लार्चाको पुल बगेको स्थानीयले बताएका छन्। भोटेकोसी गाउँपालिमास्थित लार्चाको पुल बगेपछि तातोपानी नाकासँगको सम्पर्क टुटेको छ। पुललाई शनिबार बिहान नदीले बगाएको हो। नदीको जल सतह निरन्तर बढ्दो क्रममा रहेकाले तातोपानी, बाह्रबिसे लगायतका बजार तटीय क्षेत्र जोखिममा … Read more

१२ जिल्लामा बाढी-पहिरोमा परी ९ जनाको मृत्यु

काठमाडौँ, असोज १२- बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण देशभर बाढी पहिरोले विपत्ति निम्त्याएको छ। शुक्रबार साँझदेखि शनिबार बिहान पौने दस बजेसम्म १२ जिल्लामा बाढी पहिरोले क्षती पुर्‍याएको सशस्त्र प्रहरीले जानकारी दिएको हो। बाढी पहिरोमा परी ९ जनाले जनाको मृत्यु भएको छ। हालसम्म १० जना बेपत्ता रहेको सशस्त्र प्रहरीको सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। अहिलेसम्म … Read more

पाँचथरमा पहिरोमा पुरिएर आमाछोरीको मृत्यु

पाँचथर, असोज १२- पाँचथरमा पहिरोमा पुरिएर आमाछोरीको मृत्यु भएको छ । निरन्तरको वर्षाका कारण खसेको पहिरोमा परी पुरिँदा फिदिम नगरपालिका–४ चिसापानीस्थित घरमा बस्दै आएका फिदिम नगरपालिका–१२ का २५ वर्षीया सपना शेर्पा र उहाँकी छोरी पाँच वर्षीया डोल्माको मृत्यु भएको हो । उनीहरूसँगै रहेका अन्य तीन जना भने भागेर बाँच्न सफल भएका छन् । पहिरोमा परी … Read more

नक्खु खोलाले बगाउदा चार जना बेपत्ता

काठमाडौँ । नक्खु खोलाले बगाउदा चार जना बेपत्ता भएका छन् । शनिबार बिहान सब ९ बजे ललितपुर महानगरपालिका वडा नम्बर १४ नखीपोटका चार जनालाई  खोलाले बगाएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार बाढीमा बेपत्ता भएकामा एक बालकसहित दुई पुरुष र एक महिला रहेका छन् । नदीको बीचमा रहेको टहरोमाथि लामो समयसम्म बसेर उद्धारको गुहार लगाएका … Read more

आज विश्व पर्यटन दिवस मनाइदै

काठमाडौं । आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । पर्यटन क्षेत्रसँग सरोकार राख्ने निकायले समन्वयका साथ विभिन्न कार्यक्रम गरी यो दिवसलाई भव्य रुपमा मनाउन लागिएको हो । दिवस भव्य रूपमा मनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा ४५औँ विश्व पर्यटन दिवस मूल समारोह समिति … Read more

कोशी ब्यारेजबाट खसेको बसका सबै यात्रुको उद्धार

विराटनगर । कोशी ब्यारेजबाट नदीमा खसेको यात्रुबाहक बसमा सवार २६ जनाको उद्धार गरिएको छ । विहिबार साँझ करिब ६ बजे यात्रुबाहक बस कोशी ब्यारेजको ढोका नम्बर ३४ र ३५ बाट तल खसेको थियो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ४६०१ नम्बरको नरसिंह डिल्क्स यात्रुबाहक बस कोशी ब्यारेजको ३४/३५ नम्बर ढोकामा खसेको थियो । … Read more

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

काठमाडौँ । निर्वाचन आयोगले मंसिर १६ गते हुने उपनिर्वाचनको लागि निर्वाचन कार्यक्रम सार्बजनिक गरेको छ । आयोगका अनुसार २०८१ मंसिर २ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने सोही दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ । त्यस्तै उम्मेदवारको विरोधमा  उजुरी दिने अवधि मिति … Read more

बाजुरामा भरूवा बन्दुकसहित दुई जना पक्राउ

बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका-३ स्थितबाट भरूवा बन्दुक २ थान सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-३ रिवडा बस्ने ४० वर्षीय धिरेन्द्र शाही र सोही गाउँपालिका-३ पिपलाडी बस्ने ३० वर्षीय रमेश शाही रहेका छन् । धिरेन्द्रको घरमा भरूवा बन्दुक रहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय स्वामीकार्तिकबाट … Read more