काठमाडौँ, असोज १२-
बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण देशभर बाढी पहिरोले विपत्ति निम्त्याएको छ। शुक्रबार साँझदेखि शनिबार बिहान पौने दस बजेसम्म १२ जिल्लामा बाढी पहिरोले क्षती पुर्याएको सशस्त्र प्रहरीले जानकारी दिएको हो।
बाढी पहिरोमा परी ९ जनाले जनाको मृत्यु भएको छ। हालसम्म १० जना बेपत्ता रहेको सशस्त्र प्रहरीको सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। अहिलेसम्म १६२ घरमा भौतिकरूपमा क्षति पुर्याएको छ भने ६ सय १९ जनालाई सशस्त्रले उद्धार गरेको छ। उद्धारका लागि १ हजार ९८ जना सशस्त्र खटिएका छन्।



