बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म देशभरबाट १५३ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी आइतबार दिउँसो सम्म १ सय ५३ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४३ जना, लुम्बिनी … Read more

भारत श्रीलंकासँग ३२ रनले पराजित

काठमाडौं, साउन २१- भारत टोली घरेलु टोली श्रीलंकाविरुद्ध दोस्रो ओडीआई खेलमा पराजित भएको छ। गएराति सकिएको खेलमा श्रीलंका ३२ रनले विजयी भयो। जितसँगै श्रीलंकाले ३ खेलको ओडिआई सिरिजमा १–० को अग्रता बनाएको छ। पहिलो खेल टाइ भएको थियो। श्रीलंकाले दिएको २ सय ४१ रनको लक्ष्य पछ्याएको भारतले ४२.२ ओभरमा अल आउट हुँदै २०८ रन मात्र … Read more

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको उत्तर तर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ । हाल कोशी र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी तराईका भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहेको छ। कोशी प्रदेश लगायत बागमती, … Read more

पानीजहाज र रेलमार्ग विस्तारमा प्रधानमन्त्री ओलीको चासो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई पानीजहाज र रेल यातायातको युगमा रुपान्तरित गर्न प्राथमिकता दिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको आब २०८०÷०८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीको समापनपत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतीय सीमाना हनुमानगरदेखि त्रिवेणी र देवघाटसम्म पानीजहाज सञ्चालनको योजना ल्याउन भनेका छन् । नेपालमा २०२७ सालमै पानीजहाजको कानुन … Read more

यसरी मनाइयो जीतपुरसिमरा नगर उधोग बाणिज्य संघको ७औं स्थापना दिवस

एस.एस. पटेल, बारा, साउन २० गते । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले आफ्नो ७औं स्थापना दिवस मनाएको छ । संघले विविध कार्यक्रमको आयोजना गर्दै आफ्नो स्थापना दिवस मनाएको हो । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको मुख्य कार्यालय जीतपुरको सभाहलमा कार्यक्रमको आयोजना गर्दै संघको स्थापना दिवस मनाएको हो । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन … Read more

सिमरामा साईबर सुरक्षा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न

एस.एस. पटेल, बारा, साउन २० गते । बाराको सिमरामा साईबर सुरक्षा सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ जीतपुरसिमरा र लायन्स क्लब अफ जीतपुर युथको संयुक्त आयोजनामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित रहेको सिमरा कलेजको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । विश्वको प्रख्यात सफ्ट्वेयर कम्पनी माईक्रोसफ्टमा कार्यरत इन्जिनियर राहुल सिंहले … Read more

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, साउन १८- तीन प्रदेशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ। आंशिकदेखि साधारणतया बदली रहँदा गण्डकी प्रदेशको थोरै तथा कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा सामान्य वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। … Read more

नवनियुक्त तीन प्रदेश प्रमुखले आज शपथ लिने

काठमाडौं, साउन १७- नवनियुक्त प्रदेशप्रमुखहरूले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्। शीतलनिवासमा अपराह्न ५ बजे उनीहरूको शपथ कार्यक्रम तय भएको छ। बागमतीमा दीपकप्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रदेशप्रमुखको शपथ लिन लागेका हुन्। मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा १६३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले उनीहरूलाई बुधबार प्रदेशको … Read more

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ, साउन १६- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा  हल्का देखि मध्यम वर्षा भैरहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने … Read more

बागमतीका मुख्यमन्त्री लामाले पाए विश्वासको मत

हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका मुख्यमन्त्री लामाको पक्षमा ६४ मत प्राप्त भएको हो । उनको विपक्षमा  भने ३५ मत प्राप्त भएको थियो। तीन सांसद तटस्थ बसेका थिए । बागमती प्रदेशसभाका सभामुख भुवन पाठकले मुख्यमन्त्री … Read more