रास्वपाले पाएको ४८ प्रतिशत भोट सम्हालेर ऐतिहासिक बोध गर्नुपर्ने : डा.वाग्ले

काठमाडौं,चैत ३ – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले रास्वपाले पाएको ४८ प्रतिशत भोट असाध्यै गरुङ्गो वैधता भएको भन्दै त्यसलाई सम्हालेर ऐतिहासिक बोध गर्नुपर्ने बताएका छन् । मंगलबार ललितपुरमा आयोजित रास्वपाका सांसदहरुको अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले जनताको मतादेशले सबैलाई ऐतिहासिक बोध हुने बताएका हुन् । उनले भने, ‘अहिले हाम्रो स्थिति लगभग दुई तिहाई छ … Read more

रास्वपाका नवनिर्वाचित सांसदहरूलाई विशेष प्रशिक्षण दिइने

काठमाडौँ, चैत २- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि दुई दिने अभिमुखीकरण प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ। पार्टीले आगामी चैत ३ र ४ गते काठमाडौँमा नवनिर्वाचित सांसदहरूलाई संसदीय प्रक्रिया र पार्टीको नीतिबारे प्रशिक्षित गर्न लागेको हो। रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार नवनिर्वाचित सांसदहरूलाई जिम्मेवारी र संसदीय भूमिकाका विषयमा स्पष्ट पार्न … Read more

सामाजिक सञ्जालमा मात्रै हैन घरघरमा पुगौँः सभापति थापा

गलकोट (बागलुङ), फागुन १५ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली कांग्रेसको सबैभन्दा ठूलो तागत सङ्गठन भएकाले त्यसैको सहारामा घर–घर पुग्नुपर्ने बताउनुभएको छ । आज यहाँ बागलुङ बजारमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले सामाजिक सञ्जालको तागतमा नभएर पार्टी आफ्नै सङ्गठनको तागतमा उभिएकाले जनताको घर–घरमा पुगेर आफ्ना कुरा राख्न र भोट माग्न आह्वान गर्नुभयो । सभापति … Read more

मधेस बुझ्न सर्लाही आएको हुँः सभापति गगन थापा

काठमाडौँ, फागुन ९- नेपाली कांग्रेसका सभापति गगन थापाले मधेस बुझ्न सर्लाही पुगेको बताएका छन् । घरदैलोका क्रममा उनले नेपालको नेतृत्व गर्न पहाड र काठमाडौं मात्र बुझेर नपुग्ने भन्दै आफू मधेश चिन्न सर्लाही आएको बताएका हुन्। घरदैलो अभियानमा थापाले भने, ‘मलाई काम गर्ने मौका दिनुपर्छ, म काम गर्छु भनेर मत माग्न आएको हुँ, २१ गतेसम्म मेरो … Read more

ओलीले भनेः आफूले नजित्ने देखेपछि चुनाव भाँड्न खोज्यो

काठमाडौँ, फागुन ९- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निर्वाचन भाँड्ने काम गरेको आरोप लगाएका छन्। शनिबार बिहान झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै दाङमा एमालेको सूर्य चिह्न भएको झन्डा जलाएको विषय घटनामा रास्वपालाई दोष दिएका हुन्। उनले भने, ‘रास्वपाले आगामी निर्वाचनमा आफ्नो जित सुनिश्चित नदेखेपछि योजनाबद्ध रूपमा निर्वाचन भाँड्ने र … Read more

बारा क्षेत्र नम्बर ४ मा को बलियो? कस्ले मार्ला बाजी?

एस.एस. पटेल, जीतपुर, माघ ९, झापा, चितवन र काठमाडौँपछि अहिले सबैभन्दा बढी राजनीतिक चासोको केन्द्र बनेको छ बारा क्षेत्र नम्बर ४ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि यहाँ ३९ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। तीमध्ये १९ जना स्वतन्त्र र २० जना विभिन्न राजनीतिक दलका उम्मेदवार रहेका छन्। उम्मेदवार संख्या धेरै भए … Read more

हामीलाई सरकारबाट जबरजस्ती लखेटेको परिणाम दुईवटा ठूला पार्टीले अहिले भोगेः प्रचण्ड

काठमाडौं,पुस २१- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशभित्र र बाहिर पनि राम्रो गर्न खोज्दा खोज्दै दुईवटा ठूला पार्टीले सहन नसकेर बाहिर जान बाध्य पारेको आरोप लगाएका छन् । नेपाली समाज भारतको आयोजनामा नयाँदिल्लीमा सोमबार आयोजित ‘एकता सन्देशसभा तथा साक्षात्कार कार्यक्रम’मा प्रचण्डले राम्रो काम गर्न खोन्दा खोज्दै संविधान मिचेर लोकतन्त्रको मर्मविपरीत गरेको कामको परिणाम … Read more

कांग्रेस र एमाले फरक पार्टी भएकाले केही निर्णयमा फरक मत आउनु सामान्यः सभापति देउवा

चितवन, असार १३– नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस र एमाले दुई फरक पार्टी भएकाले कुनै निर्णयमा सामान्य असमझदारी हुँदा ठूलो विषयको लिन नहुने बताउनुभएको छ । चितवनको भरतपुर विमानस्थलमा आज पत्रकारहरुसंग कुरागर्दै सभापति देउवाले कांग्रेसको आग्रह र सहमती अनुसार नै सरकार अघि बढेको बताउनुभयो । उहाँले कांग्रेसले आग्रह गरेपछि नै सरकारले … Read more

बालुवाटारमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता, के भयो कुरा ?

काठमाडौं,बैशाख १४- प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा शनिबार साँझ भएको भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए । नेताहरूले सरकार परिवर्तनका बारेमा चलाइएका हल्ला गलत र निराधार भएको बताएको पनि उनले जानकारी … Read more

रघुजी पन्त शिक्षामन्त्री, शपथ भोलि

काठमाडौं,बैशाख १०- नेकपा एमालेले रघुजी पन्तलाई शिक्षामन्त्री बनाउने भएको छ । उनलाई भोलिमात्रै शपथ गराउने तयारी भएको छ । शिक्षामन्त्रीबाट विद्या भट्टराईले राजीनामा दिएपछि पद रिक्त थियो । प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार शिक्षामन्त्रीमा पन्तलाई नियुक्त गरिसकिएको छ ।