- एस.एस. पटेल, बारा ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा डिस्कभरी हब संचालनमा आएको छ । जीतपुर स्थित रहेको बाबा अदालत गिरि मार्केटमा हब संचालनमा आएको हो ।
करिब ३० लाखको लागतमा संचालन भएको डिस्कभरी हबमा ग्राफिक र कम्प्युटर संबंधित हरेक सामान उपलब्ध छ । डिस्कभरी हबमा फोटो स्टुडियो, कार्ड, फ्लेक्स, मायाको चिनो लगायतको प्रिन्टिङ संबंधित सेवाहरू समेत रहेको हबका संचालक संनोष साहले बताउनु भयो ।
डिस्कभरी हब असोज ४ गतेको शुभ दिनमा भव्यताका साथ उद्घाटन गरि संचालनमा ल्याईएको हो । डिस्कभरी हबमा थप सेवा विस्तार समेत हुने संचालक साहले जानकारी दिनु भयो ।




