- एस.एस. पटेल, बारा ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा समीक्षा कलेक्शन संचालनमा आएको छ । जीतपुरको सिटि मार्केटको पुर्व साईडमा सियाराम सिंहको घरमा पसल संचालनमा आएको हो ।
समीक्षा कलेक्शनमा लेडिजको हरेक किसिमको रेडिमेड कपडाहरू उपलब्ध छ । उक्त पसलकी संचालिका रेखा सिंहको अनुसार उक्त पसलमा क्वालिटी र ब्राण्डलाई प्राथमिकतामा दिईएको छ ।
समीक्षा कलेक्शन असोज ४ गतेको शुभ दिनमा भव्यताका साथ उद्घाटन गरि संचालनमा ल्याईएको हो । सिद्धार्थ बैंक सिमरा शाखाका प्रखुम कृष्ण गौतमले रिविन काटेर औपचारीक रूपमा पसलको शुभ उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रममा जीतपुरका अगुवा नेता कृष्णाबरत सिंह, युवा नेता राजेश गिरि लगायतको समाज सेवी नेताहरूको उपस्थित रहेको थियो ।




