जीतपुरमा कलवार समुदायको बलभद्र भगवानको पुजा भब्यताको साथ सम्पन्न

  • एस.एस. पटेल, बारा ।

कलवार कल्याण समिति जीतपुर बाराको आयोजनामा कलवार समुदायको कुल देवताको रुपमा रहनुँ भएका बलभद्र भगवानको सोमवार भव्य रुपमा सामुहिक पुजाको आयोजना गरिएको छ ।

जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ स्थित जीतपुरमा आयोजित पुजा , कलवार कल्याण समिति जीतपुर बाराका अध्यक्ष राजाराम चौधरीको सभापतित्व र उपाध्यक्ष लालबाबु प्रसाद साह कलवारको नेतृत्वमा आयोजना गरिएको हो ।

सामुहिक पुजाको जजुमानको रुपमा स्थानीय कल्वार समुदायका मिन्जु प्रसाद कलवार र उनकी पत्नीले पुजाको अवधी भर उपवास (चौका) बसी पुजालाई पूर्णता दिलाएका थिए ।

प्र्राचिन काल देखि नैं कृष्ण भगवानका दाजु बलभद्र भगवान कलवार समुदायको कुल देवताको रुपामा रहनुँ भएको छ । बिभिन्न समुदायका श्रद्धालुहरु बलभद्र भगवानलाई बलरामको रुपमा पनि लिने गरेको बलभद्र पुजाका आचार्य पवनेश शास्त्रीले बताए ।

बललाई शक्ती र भद्रलाई अन्न मानिएकको आचार्य शास्त्रीले बलभद्र भगवानको अर्थ बारे बताउँदै बलभद्र भगवानलाई भात , बिषेश किसिमको दाल र पाँच थरीको तरकारीको भोग लगाउँने प्रचलन रहेको छ । उनको पुजा पश्चात सो अन्नलाई कलवार समुदायका भक्तजनहरुले प्रशादको रुपमा ग्रहँण गर्ने प्रचलन प्राचिन काल देखि नैं चलि आईरहेको पनि उनले बताए ।

पवनेश शास्त्री , आचार्य:
पुजा आरम्भ गर्नु अघि यो समुदायले बाजागाजा र घोडाको घोडदौल सहिँत शोभा यात्रा पनि निकालेको थियो । सयौंको संख्यामा रहेको श्रद्धालु भक्तजनहरुको सहभागितामा पुजा स्थलबाट निकालिएको शोभा यात्राले जीतपुर नगर परिक्रमा गरी पुन: पुजा स्थलमा फर्किएर बिधिवत पुजा आरम्भ भएको थियो ।