बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा हुन गईरहेको श्रीमद्भागवद सप्ताह ज्ञान महायज्ञलाई समाज सेवी परशुराम गिरिले १ कठा जग्गा दान दिनु भएको छ ।
नारी शक्ति विकास मञ्च महिला पुनर्स्थापन केन्द्र भवन निर्माणको लागि जीतपुरमा महायज्ञको आयोजना गर्न लागिएको नारी शक्ति विकास मञ्चकी अध्यक्ष आशा दाहालले बताउनु भएको छ । सोही महिला पुनर्स्थापना केन्द्रको भवन बनाउनका लागि गिरिले जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको मुख्य कार्यालय भन्दा करिब ५० मिटर उत्तर तिर १ कठा जग्गा सहयोग गर्नुभएको हो ।
गिरिले दिनुभएको जग्गामा किरब ३० लाखको लागतमा महिला पुनर्स्थापनाको एकतले भवन बन्ने अध्यक्ष दाहालको भनाई छ । भवन निर्माणका लागि जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर ७ र ८ को कार्यालयले ५/५ लाख सहयोग गरेको छ भने बाकि रकम महायज्ञ बाट र अरू सहयोगि दाता बाट आउने अध्यक्ष दाहालले विश्वास लिनुभएको छ ।
अध्यक्ष दाहालका अनुसार ज्ञीमद्भागवद ज्ञान महायज्ञ बैशाख ११ बाट शुरू भई ७ दिन सम्म चल्ने छ । महायज्ञमा गुरु सुदर्सण चालिसेले र उनका समुहले पर्वचन दिनुहुनेछ ।
जग्गा दाता परशुराम गिरिले दान दिनुभएको जग्गाको भुमि पुजन् गर्दै दाता गिरिले जीतपुरको नारी शक्तिले जीतपुरको मात्र नभई पुरै देशको लागि काम गरोस भन्ने शुभकामना दिनु भएको थियो । भुमिपुजनमा पुर्व संविधान सभा सदस्य शोभाकर पराजुलि, वडा नम्बर ७ का वडा अध्यक्ष रामबाबु गुप्ता, वडा सदस्य दुर्गा रिजाल, ज्ञानी पास्वान, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष सन्जय साह, महासचिव शिवजी सोनार, जसपा नेता घनश्याम गिरि, निरूराय माझी, युवा नेता मनोज कुमार साह लगायत नारी शक्ति विकास मञ्चका सदस्यहरूको उपस्थिति रहेको थियो ।




