एस.एस. पटेल, बारा ।
बारा स्थित रहेको जीतपुर सामुदायिक सक्रिय बचत तथा सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको साकोषको आफ्नै सभा हलमा साधारणसभा सम्पन्न भएको हो ।
साकोषकी अध्यक्ष सावित्री श्रमा पिप्लेको सभाअध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मधेस प्रदेशका पुर्व प्रदेश सभा सदस्य सुन्दर विश्वकर्मा प्रमुख अतिथि रहनु भएको थियो ।
सम्पन्न भएको जीतपुर सामुदायिक सक्रिय बचत तथा सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभामा साकोषको प्रगति विवरण सहित देश आर्थिक संकटमा भएको बेला यस संस्थाले आफ्नो सेयरसदस्यहरूलाई नियमित ऋण दिदै आएको समेत समिक्षा गरिएको थियो ।
क र ख वर्गको बैंकले समेत ऋण दिन बन्द गरेको वेला सहकारी संस्थाले समुदायमा राम्रो भुमिका खेलेको वक्ताहरूले धारणा राखेका थिए । देश आर्थिक संकट खेपिरहेको बेला जीतपुर सामुदायिक सक्रिय बचत तथा सहकारी संस्था लिमिटेडले १७ प्रतिशत सम्मको सहुलियत व्याज समेत दिएको भन्दै सेयर सदस्यहरूले खुसी व्यक्त गरेका थिए ।
जीतपुर सामुदायिक सक्रिय बचत तथा सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभाबाट साकोषले विभिन्न विदामा दर्जनौं सेयर सदस्यहरूलाई सम्मानित पनि गरेको छ ।
कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका उप-प्रमुख भोला प्रसाद अधिकारी, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुनिलकुमार गुप्ता, नेता तथा समाजसेवी देवनारायण चौधरी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि सहित सेयर सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन साकोषको प्रबन्धक शम्भुराम महाराले गर्नुभएको थियो ।




