बारा, कार्तिक १६ गते ।
नेपाली काँग्रेस बारा क्षेत्र नम्बर ४ को प्रदेश समितिले गठबन्धनका उम्मेदवारहरुको विजयका लागि अभियान चलाउन अपिल गरेको छ ।
मंगलबार बाराको जीतपुरस्थित काँग्रेस पार्टी कार्यालयमा बसेको क्षेत्रीय समितिको बैठकले मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा काँग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठ र प्रदेश सभा सदस्यका उम्मेदवार क्षेत्रबहादुर श्रेष्ठलाई विजयी गराउन नेपाली काँग्रेसका कार्यकर्ता तथा शुभेच्छुकहरुमा आग्रह गरेको हो ।
प्रदेश समितिका सभापति सुमनकुमार भट्टराईको अध्यक्षतामा बसेको बैठकले आसन्न निर्वाचनमा उत्साहजनक रुपमा सहभागि हुन आम नागरिकमा अपिल समेत गरेको प्रवत्ता रामचन्द्र लामाले जानकारी दिए । बैठकमा काँग्रेस जीतपुरसिमराका नगर सभापति छविलाल शर्मा लगायतको उपस्थिती रहेको थियो ।
बिज्ञप्ती





