तेह्रथुममा भोट हाल्न लाइन बसेका वृद्धको मृत्यु

तेह्रथुम, मंसिर ४-

मतदानका लागि लाइन बसेका एक वृद्धको मृत्यु भएको छ । तेह्रथुमको लालीगुराँस नगरपालिका–८ स्थित रत्‍न मावि मतदान केन्द्रमा लाइन बसेका ८८ वर्षीय योङहाङ दीप लिम्बुको मृत्यु भएको हो ।

मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलका अनुसार लिम्बुको शव आफन्तलाई बुझाइएको छ ।