बारा, मंसिर ६ गते ।
सर्लाहिमा मोटरसाइकल दुर्घटना हुदा बाराका १ जना सहित २ जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गस्थित सर्लाहीको ईश्वरपुर नगरपालिका १२ जंगलमा २ वटा मोटरसाइकल एकआपसमा ठोक्किदा बाराका १ जना र महोत्तरीका १ जना गरी २ जनाको ज्यान गएको हो ।
प्रदेश नं.२–०३–००४ प ७८८४ र ज ११ प ८१० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर सोमबार साँझ भएको दुर्घटनामा अन्य ३ जना घाइते छन् ।
बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १६ बस्ने ४५ वर्षीय कन्हाई चौधरी र महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर ६ बस्ने २५ वर्षीय सुनिल आले मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा पछाडि सबार कलैया उपमहानगरपालिका वडा नम्बर ३ ब्रम्हपुरी बस्ने ३२ वर्षीय अजय कुमार पटेल, २४ वर्षीया रुबिना तामाङ र २४ वर्षीया युवराज राई घाइते भएका छन् ।
घाइतेको स्थानीय स्तरमा उपचार भइरहेको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी विजय यादवले जानकारी दिए ।




