काठमाडौँ, मंसिर २२-
दार्चुलाको नेपाल-भारत सिमानामा पर्ने महाकाली नदीमा भइरहेको एकतर्फी तटबन्धनको काम रोक्ने सहमति भएको छ। बुधबार बसेको बैठकले हाललाई विवादित भएको ठाउँमा निर्माण भइरहेको तटबन्धन १० दिन रोक्न सहमति भएको हो।
महाकाली नदी किनारामा भारतले बनाइरहेको संरचना रोक्ने सहमतिभएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिएका छन्।




