२४ घण्टामा थपिए कोरोनाका ६ संक्रमित

बारा, पुष ५ गते ।

पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का ६ संक्रमित थपिएका छन् । ५७४ वटा स्वाब नमुनाको परीक्षण गरिँदा ६ जनामा संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा देशभर ३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।