बाराको धन्सार पुल नजिक सवारी दुर्घटना हुदा एक जानको मृत्यु

बारा, पुष ५ गते ।

पूर्वपश्चिम राजमार्गको धन्सार पुल नजिक साेमबार ट्रकमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ। ट्रकसँग मोटरसाइकल ठोक्किएर निजगढ नगरपालिका-१ सिगौंलका भोलाप्रसाद तिमल्सिनाको मृत्यु भएको हो।

उनले चलाएको ना३४प ८३३१ नम्बरको मोटरसाइकल विपरित दिशाबाट आउँदै गरेको ना६ख २२६१ ट्रकमा ठोक्किदा ३५ वर्षीय तिमल्सिनाको दिउँसो १ः३० बजे घटनास्थलमै ज्यान गएको प्रहरीले बताएको छ।

चन्द्रपुरबाट घरतर्फ फर्किने क्रममा तिमल्सिना सवार मोटरसाइकल धन्सार पुल नजिकै ट्रकमा ठोक्किएको थियो। प्रहरीले ट्रक चालक मोरङ्ग सुनवर्षी नगरपालिका-५ घर भएका ३५ वर्षका सन्जयकुमार मण्डललाई नियन्त्रणमा लिएको छ। तिमल्सिना स्थानीय समाजसेवीको रुपमा चिनिन्छन्।