एमालेबाट ४ जना मन्त्रीले आजै सपथ लिँदै, विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री बन्ने

काठमाडौँ, पुस ११–

नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री बन्ने पक्का भएको छ । पार्टीले उपाध्यक्ष पौडेलको नेतृत्वमा ४ जना मन्त्रीलाई सरकारमा पठाउन लागेको हो ।

पौडेलसहित मधेश प्रदेशकी ज्वालाकुमारी साह, सुदूरपश्चिमका दामोदर भण्डारी र प्रदेश १ का राजेन्द्र राईलाई आजै सरकारमा सहभागी गराउने नेकपा एमालेको तयारी छ ।

नेकपा माओवादीले नारायणकाजी श्रेष्ठलाई पनि उपप्रधानमन्त्री बनाउने निर्णय गरिसकेको छ । त्यस्तै सत्ता साझेदार अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पनि उपप्रधानमन्त्रीसहित गृहमन्त्रालयमा दाबी गरेका छन् ।