देउवाकै कारण गठबन्धन टुटेको होः रामचन्द्र पौडेल

काठमाडौँ, पुस ११-

नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल देउवाका कारण गठबन्धन टुटेको बताएका छन् ।

नयाँ सरकार गठनका लागि सभापति शेरबहादुर देउवासँग कुरा नमिलेकै कारण गठबन्धन टुटेको बताउँदै पौडेलले असन्तुष्टि जनाएका हुन् । नेता पौडेलले देउवाका कारण गठबन्धन टुटेको भन्दै असन्तुष्टि जनाएको माओवादी प्रवक्ता कृष्णबहादुर महरा जानकारी दिए ।

त्यस्तै हिजो नयाँ सरकार गठनका लागि कांग्रेसका सभापति देउवासँग कुरा नमिलेपछि ‘प्रचण्ड’ बालकोट पुगेका थिए ।