विरगञ्ज, फागुन २ गते ।
प्रहरी प्रधान कार्यालय नक्सालले ७८ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा गरेको छ। प्रहरी महानिरीक्षक बसन्त कुँवरले एसपीहरुको सरुवा/काज गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय पर्सा प्रमुख एवम् प्रहरी उपरीक्षक कोमल शाहलाई नेपाल प्रहरी प्रधान कार्यलय ईन्टरपोल शाखा नक्साल काठमाडौँमा सरुवा गरिएको छ । यता पर्सा प्रहरी प्रमुखमा जिल्ला प्रहरी कार्यालय काठमाडौंमा कार्यरत कुमोल ढुंगेललाई पठाइएको छ।
तेसैगरि चितवन प्रहरी प्रमुखमा काठमाडौँ उपत्यका प्रहरी कार्यालय, शान्ति सुरक्षा महाशाखामा कार्यरत भावेष रिमाललाई पठाइएको छ।











