जेनजी युथ जीतपुरसिमराको अधिवेशन सम्पन्न, सुदिप सिटौलाको अध्यक्षतामा कमिटी गठन

बारा । जेनजी युथ जीतपुरसिमरा नगर कमिटीको पहिलो अधिवेशन सम्पन्न भएको छ । बाराको सिमरास्थित होटल प्याराडाइजमा आयोजित अधिवेशनले सुदिप सिटौलाको अध्यक्षतामा नयाँ नगर कमिटी चयन गरेको छ ।

अधिवेशनमा जेनजी युथ बारा जिल्ला अध्यक्ष सम्राट उपाध्याय, निवर्तमान नगर कमिटी अध्यक्ष राजबहादुर थापासहित सयौँ जेनजी युवाहरूको सहभागिता रहेको थियो ।

अधिवेशनबाट उपाध्यक्षमा धिरज सर्राफ, रिया पुरी, कोषाध्यक्षमा शेख रिजवान, सह–कोषाध्यक्षमा यौजेन मिश्रा, सचिवमा विश्वास तिमल्सिना र सह–सचिवमा सोम सिंह चयन भएका छन् ।

त्यसैगरी सदस्यहरूमा सुरेश लामिछाने, अंगत अधिकारी, मुकेश साह, अविशेक चौलागाईं, अनिस थापा, देव बम्जन, रामपृत साश, कृस कुमार साह, आयुष न्यौपाने, शेष अलियास, बिक्कि प्रसाद साह चयन भएका छन्।

यता कमिटीको प्रवक्तामा मानिस सापकोटा र इन्चार्जमा सुजल पाठकलाई नियुक्त गरिएको हो ।