जीतपुरसिमरा महोत्सवमा आज बिहिबार चर्चित कमेडियन सन्दिप क्षेत्री, भोजपुरी गायक सुनिल पण्डित र देबेन्द्र कार्की आउने

बारा, फागुन २४ गते ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ बजनीमा आयोजना भइरहेको प्रथम जीतपुरसिमरा महोत्सव २०८० मा आज बिहिबार चर्चित कमेडियन सन्दिप क्षेत्री, भोजपुरी गायक सुनिल पण्डित र चर्चित नेपाली आधुनिक गायक देबेन्द्र कार्कीले प्रस्तुती दिने छन् ।

फागुन १८ गते बाट जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको आयोजनामा संचालनमा आएको प्रथम जीपतुरसिमरा महोत्सव २०८० एंव प्रथम जीतपुरसिमरा एक्स्पो २०२४ मा आज बिहिबार चर्चित कमेडियन सन्दिप क्षेत्री, भोजपुरी गायक सुनिल पण्डित र देबेन्द्र कार्कीले प्रस्तुती दिने छन् ।

मेधस प्रदेशको मुख्य मन्त्रि सरोज कुमार यादवले उद्घाटन गर्नु भएको उक्त महोत्सव एवं एक्स्पो फागुनको २९ गते सम्म चल्ने छ । कार्यक्रममा संगितिक कार्यक्रम संगै विभिन्न कम्पनी, संघ संस्था विद्यालय र ब्राण्डहरुको प्रदर्शनी समेत रहेको छ ।

आर्थिक मन्दिले थप्प हरको बजार पुनः चलायमान बनाउन आयोजना गरिएको प्रथम जीतपुरसिमरा महोत्सव २०८० एवं प्रथम जीतपुरसिमरा एक्स्पो २०२४ मा विभिन्न किसिमको व्यापारीक स्टल पनि राखिएको छ भने बाल उद्यानको समेत मेला लागेको छ ।