प्रथम जीतपुरसिमरा क्रिकेट कपः आज कलैया र पर्सा भिड्ने

बारा, चैत्र ४ गते ।

जतिपुरसिमरामा आयोजना भैरहेको प्रथम जीतपुरसिमरा क्रिकेट कपको दोस्रो खेलमा कलैया क्रिकेट क्रल्ब र पर्सा क्रिकेट एशोसिएन भिड्ने भएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ औराहस्थित सेज क्रिकेट मैदानमा दिउँसो १ बजे दुई टिमबीचको खेल हुनेछ ।

टी–२० विद्धामा संचालन भैरहेको उक्त खेलमा कलैयाबाट राष्ट्रिय टोलीका खेलाडी अनिलकुमार साह मैदानमा उत्रने छन् । कलैया क्रिकेट क्लबका सदस्य समेत रहेका साह दुई वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका थिए । पछिल्लो समय राष्ट्रिय टोलीमा उनले देखाएको प्रदर्शन रुचाइएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलको अनुभव बटुलेका खेलाडी दुवै टिममा छन् । पर्सामा पनि यु१९ विश्वकप खेलेका हासिम अंसारी छन् । अनुभवी खेलाडीले भरिएको दुवै टिमको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

यसअघि शनिबार भएको उद्घाटन खेलमा पर्साले आयोजक जीतपुरसिमरा स्पोर्टस् क्लबलाई ७७ रनले पराजित गरेको थियो । चैत्र १० गतेसम्म संचालन हुने प्रतियोगितामा ६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार प्राप्त गर्नेछन् ।