प्रथम जीतपुरसिमरा क्रिकेट कपः आज कलैया र आयोजक जीतपुरसिमरा भिड्ने

बारा, चैत्र ५ गते ।

जतिपुरसिमरामा आयोजना भैरहेको प्रथम जीतपुरसिमरा क्रिकेट कपको तेस्रो खेलमा कलैया क्रिकेट क्रल्ब र आयोजक जीतपुरसिमरा क्रिकेट क्लब भिड्ने भएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ औराहस्थित सेज क्रिकेट मैदानमा दिउँसो १ बजे दुई टिमबीचको खेल हुनेछ ।

यस अघि प्रतियोगिताको पहिलो उद्घाटन खेलमा पर्सा क्रिकेट एशोसिएसनले जीतपुरसिमरालाई पराजित गरेको थियो । पर्साले नै दोस्रो खेलमा कलैयालाई पनि पराजित गर्दै प्रतियोगिताको फाइनलमा आफ्नो ठाँउ बनाइसकेको छ ।

समुह चरणको खेलमा कलैया र जितपुरसिमरा १ १ खेल गुमाउदै प्रतियोगिताबाट बाहिरि सकेको छ । प्रतियोगिताबाट बाहिरिए पनि आज इ दुबै टिमहरु एकआपस संग फ्रेन्ड्ली खेल खेल्ने छन् ।

चैत्र १० गतेसम्म संचालन हुने प्रतियोगितामा ६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार प्राप्त गर्नेछन् ।