जीतपुरसिमरा क्रिकेट कपः आज समुह चरणको अन्तिम खेल, मकवानपुर र भैरहवा भड्दै

बारा, चैत्र ९ गते ।

जतिपुरसिमरामा आयोजना भैरहेको प्रथम जीतपुरसिमरा क्रिकेटमा आज समुह चरणको अन्तिम खेल हुने भएको छ । आजबाट समुह चरणको अन्तिम खेलमा समुह “बि” को मकवानपुर क्रिकेट संघ र लुम्बिनि खुकुरी क्लब भैरहवा विच हुने छ ।

प्रतियोगितामा समुह “ए” बाट पर्सा क्रिकेट संघ फाइनलमा आफ्नो स्थान बनाइ सकेको छ । आज हुने समुह “बि”को अन्तिम खेलमा दुबै टिमलाई जितनै पर्ने दवाद छ ।

यस अघि समुह “बि” बाट जनकपुरलाई भकवानपुरले पराजित गरेको थियो भने भैरहवालाई हिजो जनकपुरले पराजित गरेको थियो । आजको खेलमा भैरहवाले जित हासिल गरेमा सिधा फाईनलमा प्रवेश गर्ने छ ।

आज हुने खेलमा भैरहवाले जित हासिल गरेमा समुह “बि” बाट ३ वटै टिमको अंक र नेट रन रेटको आधारमा फाइनलमा प्रवेश गराइने आयोजकले जनाएको छ ।

प्रतियोगिताको फाइनल खेल भोली चैत्र १० गत हुनेछ । प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार प्राप्त गर्नेछन् ।