बाघको आक्रमणबाट जीतपुरसिमरामा एक महिला घाईते

बारा, जेष्ठ ९ गते ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् । उपमहानगरको वडा नम्बर १४ स्थित रहेको हलखोरिया साझेदारी बनमा बाघले महिला माथि आक्रमण गरेको हो ।

जितपुरसिमरा–१४ को वोरिङ टोल बस्ने राम बहादुर थिङको श्रीमती अन्दाजी ३२ वर्षिय प्रमिला थिङ हलखोरिया साझेदारी बनमा दाउरा काटीरहेको समयमा अचानक जङगली बाघ आई उनिमाथी आक्रमण गरेको थियो । बाघको आक्रमणबाट घाईते भएकी थिङको विरगञ्ज स्थिथ नेस्नल मेडिकल कलेजमा उपचार भईरहेको छ ।

श्रीमतीलाई बाघले आक्रमण गर्दा संगै घास काट्न गएका श्रीमानले उनको उद्बार गरेर अस्पताल लगेका थिए ।

थिङको गाला र टाउकोमा चोट लागेको छ। डाक्टरका अनुसार उनको अवस्था मध्यम रहेको छ । बाघले आक्रमण गरेको एरियामा प्रहरी सहायक निरिक्षकको कमाण्डमा टोली खटाईएको बारा प्रहरीका प्रवक्ता पुरुषोत्तम प्रसाद पाण्डेले बताउनु भयो ।