बारा, असार ८ गते ।
बाराको जीतपुरमा १०८ कुण्डीय गायत्री महायज्ञ हुने भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको शान्तिटोल खेल मैदानमा महायज्ञ हने भएको हो ।
आज शनिबार बृहत १०८ कुण्डीय गायत्री महायज्ञ आयोजनाको प्रारम्भिक छलफल एवम् समिति निर्माण गरिएको छ । जीतपुरका समाज र भारतको हरिद्वार बाट आउनु भएका प्रतिनिधिहरुले संतोष कुशवाहालाई सर्वसम्म रुपमा महायज्ञको अध्यक्ष पदमा चयन गरिएको छ । साथै महायज्ञको सचिवको पदमा अमर यादव र युवा सम्योजकमा धिरज गुप्तालाई चयन गरिएको छ ।
नवनिर्मित समिमितले अब समिति बिस्तार गनैृ र महायज्ञको मिति तोकेर अघि बढने अध्यक्ष कुशवाहाले बताउनु भयो । समाजको रक्षा र विश्व कल्याणको लागि महायज्ञको आयोजना गर्न लागिएको उँहाले बताउनु भयो ।




