मिटरब्याजी समस्या समाधान गर्न राष्ट्रपतिसमक्ष अध्यादेश पठाउने सरकारको निर्णय

काठमाडौं, वैशाख २०– सरकारले मिटरब्याजीसँग सम्बन्धित समस्यालाई कानूनी रुप दिन अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउने निर्णय गरेको छ। मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले मिटरब्याजी पीडितको समस्या समाधान गर्न मिटरब्याजीसँग सम्बन्धित समस्यालाई कानूनी रुप दिन राष्ट्रपति समक्ष अध्यादेश पठाउने निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले … Read more

यही सरकार रहिरहे देश टाट पल्टिन्छ: अध्यक्ष ओली

काठमाडौं,वैशाख १९- पुर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही सरकार रहँदासम्म देश टाट पल्टिने बताएका छन्।काठमाडौंमा आयोजित पार्टीको मिशन ग्रासरुट अभियानको समीक्षा कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अहिलेको सरकार रहिरहे देश टाट पल्टिने बताएका हुन् । उनले डेढ वर्षभित्र ओरालो लागेको अर्थतन्त्र फर्काउन नसकिए देश असफल राष्ट्र बन्ने बताए। ‘अहिले मूल्यवृद्धिबाहेक केही बढेको … Read more

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य यादवले आज शपथ लिने

काठमाडौँ, वैशाख १९– नवनिर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले आज शपथ लिने भएका छन् । उपनिर्वाचनमा बार २ बाट निर्वाचित भएका उनीले आज सभामुख देवराज घिमिरेसमक्ष शपथ लिने हुन् । चितवन २ र तनहुँ एकबाट निर्वाचित भएका रवि लामिछाने र स्वर्णिम वाग्लेले गत शुक्रबार शपथ लिएका थिए । शुक्रबार भएको शपथ समारोहमा अनुपस्थित रहेका कारण यादवलाई … Read more

महावीर पुनको आन्दोलन सकियो, सरकारसँग सात बुँदे सहमति

काठमाडौंं, वैशाख १८– राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन र सरकारबीच सात बुँदे सम्झौता भएको छ । सम्झौतापत्रमा सोमबार सरकारकातर्फबाट उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र माइतीघरमा धर्नामा बसेका पुनले हस्ताक्षर गरेका हुन् । सम्झौतामा आविष्कारसम्बन्धी कार्यहरू एकीकृत रूपमा सञ्चालन गर्न सरकारले कोष स्थापना गर्ने सहमति भएको छ । त्यस्तै, अहिलेलाई धर्नालगायत सबै आन्दोलन अन्त्य … Read more

वीरगञ्जमा दोस्रो पटक रात्रि बजार लगाइँदै

वीरगञ्ज, वैशाख १८- वीरगञ्ज महानगरपालिकाले दोस्रो पटक रात्रि बजार सञ्चालन गर्ने तयारी गरेको छ । अर्थतन्त्र चलायमान बनाउने उद्देश्यले नयाँ वर्षदेखि सुरु गरिएको रात्रि बजारलाई निरन्तरता दिन दोस्रो पटक वैशाख २९ र ३० गते रात्रि बजार लगाउन लागिएको महानगरपालिकाले जनाएको छ । हरेक महिनाको अन्तिम शुक्रबार र शनिबार रात्रि बजार लगाउने गरी तयारी गरिएको र … Read more

सरकार पाँच वर्ष चल्छ , यताउता हुन्छ भन्ने भ्रम हो: प्रधानमन्त्री दाहाल

चितवन, वैशाख १८- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो नेतृत्वको सरकारमा आउने विश्वास व्यक्त गर्नुभएको छ । प्रेस सेन्टर नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा उहाँले रास्वपा सरकारमा सहभागि हुने विषयमा कुराकानी चलिरहेको जानकारी दिनुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “रास्वपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिँदैन । सो पार्टी … Read more

चितवनको माडीमा बाघको आक्रमणबाट एक जना घाइते

चितवन, वैशाख १५ गते । चितवनमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । जिल्लाको माडी नगरपालिका वडा नम्बर ९ कृष्णनगरमा शुक्रबार बाघको आक्रमणबाट एक जना घाइते भएका हुन् । कृष्णनगर माध्यमिक विद्यालयकाे पोखरी चजिकै बाघको आक्रमणबाट धादिङ गजुरी घर भई हाल माडीमा बसोबासी आएका अन्दाजी ६० वर्षीय वीर बहादुर बल घाइते भएका प्रहरीले जनाएको … Read more

बाराबाट लागू औषध खैरो हिरोइन सहित १ जना पक्राउ

एस.एस. पटेल, बारा । बारामा लागू औषध खैरो हिरोइन सहित १ जना पक्राउ परेको छ । बिहिबार बिहान १० बजे जिल्लाको जीतपुरसिमरा–२१ अमलेखगंजबाट लागू औषध खैरो हिरोइन सहित १ जनालाई बारा प्रहरीले पक्राउ गरेको हो । अमलेखगंज स्थित त्रिभुवन राजमार्गमा इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले बिरगंजबाट हेटौडातर्फ जादैगरेको ना.१.ज.२०८६ न. को टाटा सुमो … Read more

दाङमा श्रीमतीले गरिन् श्रीमानको हत्या

दाङ, वैशाख १४ दाङमा बन्चरो प्रहार गरी श्रीमतीले श्रीमानको हत्या हत्या गरेकी छिन् । घरायसी विवादका कारण दाङको बङ्गलाचुली गाउँपालिका(१ स्युजा बस्ने ६४ वर्षीय रेशम परियारको श्रीमतीले हत्या गरेकी हुन । जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमका अनुसार श्रीमतीले टाउकोमा बन्चरोले प्रहार गर्दा श्रीमानको घटनास्थलमै मृत्यु भएको थियो । हाल प्रहरीले श्रीमतीलाई नियन्त्रणमा लिएर … Read more

सातौँ चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी २०८० को लागि धमाधम स्टल बुकिङ हुँदै

भरतपुर, बैशाख १३ गते, भरतपुर-चितवन, “दिगो आर्थिक विकासका लागि बृहत अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी” भन्ने अभियान सहित  उद्यमशिलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग पु¥याउने उद्देश्यले नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रवद्र्धन सहयोग,चितवन उद्योग संघको आयोजना तथा नेपाल उद्योग परिसंघ र नेपाल घरेलु तथा साना उद्योग महासंघको अभिभावकत्व र मिडिया स्पेस सोलुसन्स प्रा.लि तथा … Read more