आजको मौसमः यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ, चैत ३- हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका साथै स्थानीय वायुकोसमेत प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली, लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहेको छ । कर्णाली प्रदेशका थोरै स्थानहरू तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा … Read more

जीतपुरमा होली मिलन कार्यक्रम सम्पन्न

बारा, फागुन २६ गते । शिव मन्दिर धर्मशाला व्यवस्थापक समिति जितपुरको आयोजनामा होली मिलन कार्यक्रम सम्पन्न भएको छ । शिव मन्दिर धर्मशालाको प्राङ्गणमा होली मिलन कार्यक्रम सम्पन्न भएको हो । होली मिलन कार्यक्रमको उद्घाटन रङ्ग लगाएर मधेस प्रदेश सभा सदस्य देनारायण चौधरीले गरेका थिए । उनले होली पर्वलाई सभ्य र भव्य रूपमा मनाउन सबैलाई आग्रह … Read more

२ किलो ५०० ग्राम लागू औषध अफिम सहित बारामा २ जना पक्राउ

बारा, फागुन २० गते । बारामा २ किलो ५०० ग्राम लागू औषध अफिम सहित दुइ जना पक्राउ परेका छन् । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगञ्जबाट अफिम जस्तै देखिने पदार्थसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो । मंगलबार बिहान ६:३० बजेको समयमा ईलाका प्रहरी कार्यालय अमलेखगंजका प्रमुख वरिष्ठ प्रहरी नायव निरिक्षक टेक बहादुर कार्कीको … Read more

जीतपुरमा भव्यताका साथ ५१ कुण्डीय गायत्री महायज्ञ सम्पन्न

बारा, फागुन १८ गते । बाराको जीतपुरमा ५१ कुण्डीय गायत्री महायज्ञ हवन एवं प्रज्ञा पुराण कथा भव्यताका साथ सम्पन्न भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुर केराढोकाको बंगाली बाबा युग धर्म आश्रममा आयोजित महायज्ञ भव्यताका साथ सम्पन्न भएको हो । फागुन १५ गते बृहत् कलश यात्रा निकालेर सुरू गरिएको महायज्ञ फागुन १८ गते … Read more

देश विकास हुँदैछ, युवाहरु निराश हुनु पर्दैनः प्रधानमन्त्री ओली

काठमाडौँ, फागुन १३- प्रधानमन्त्री केपी शर्मा ओलीले देश अँध्यारो युगबाट उज्यालो युुगमा प्रवेश गरेकाले युवाहरु निराश हुनु नपर्ने बताउनुभएको छ । जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा असाधारण विकास हुँदै गएकाले केही भएन वा सरकारले केही गरेन भन्न नमिल्ने बताउनुुभएको हो । उहाँले … Read more

सिमरामा खुल्यो केटिएम कन्सल्टिङ ग्रुपको आठौं शाखा

बारा, फागुन १० गते । केटिएम कन्सल्टिंग ग्रुपले आफ्नो आठौ शाखा बाराको सिमरामा बिस्तार गरेको छ । शाखाको आज एक कार्यक्रमकाबिच जीतपुरसिमरा उपमहानगरपालिकाका उप प्रमुख भोला प्रसाद अधिकारीले उद्घाटन गर्नुभएको थियो । ग्रुपले अस्ट्रेलियालाई केन्द्रबिन्दु बनाएर बैदेशिक रोजगारीको क्षेत्रमा काम गर्दै आएको छ । कार्यक्रममा बोल्दै उप प्रमुख अधिकारीले बैदेशिक रोजगरीको क्षेत्रमा सकरात्मक सन्देश प्रवाह … Read more

राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनको २३औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न

बारा, फागुन १० गते । डुमरवानाको राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनको २३औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ । स्कुलले आफ्नो वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम आफ्नै ग्राउण्डमा सम्पन्न गरेको हो । स्कुलको संचालक समितिको अध्यक्ष बिदुर खड्काको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जीपतुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्ले प्रमुख अतिथि रहनु भएको … Read more

ट्रम्पलाई बालेनको जवाफ- हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद

काठमाडौँ,फागुन ९- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जवाफ फर्काएका छन् । नेपाललाई दिएको अनुदानलाई लिएर ट्रम्पले दिएको प्रतिक्रियालाई लक्षित गर्दै उनले अमेरिकी नागरिक अल्छी भएको बताएका छन् । उनले भनेका छन्– प्रिय डोनाल्ड जे ट्रम्प, हामीलाई हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराउनु भएकोमा धन्यवाद। हामी गरिब छौँ किनभने … Read more

सडक दुर्घटनाः छ महिनामा १ हजार २३३ जनाको निधन

काठमाडौं, फागुन ६- चालु आर्थिक वर्षको छ महिनामा सडक दुर्घटनामा परेर १ हजार २३३ जनाको निधन भएको छ । लापराहीपूर्वक सवारीसाधन चलाएको तथा ट्राफिक नियमको पूर्ण परिपालनामा ध्यान नदिएका कारण दुर्घटनामा ज्यान जानेको सङ्ख्या गत आवको सोही अवधिको तुलनामा वृद्धि भएको हो । गृह मन्त्रालयका अनुसार विसं २०८० को पुस मसान्तसम्म देशभर १२ हजार ८५६ … Read more

जीतपुरसिमरा-६ को वडा कार्यालयको भवनको शिलान्यास

बारा, फागुन ४ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ को वडा कार्यालयको नयाँ भवनको शिलान्यास गरिएको छ । वडाको ५३ लाख बजेटमा भवनको शिलान्यास भएको हो । मधेस प्रदेशका प्रदेश सभा सदस्य देव नारायण चौधरी र जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला प्रसाद अधिकारीले संयुक्त रूपमा वडा कार्यालयको नयाँ भवनको शिलान्यास गरेका हुन् । … Read more