बारा, फागुन २६ गते ।
शिव मन्दिर धर्मशाला व्यवस्थापक समिति जितपुरको आयोजनामा होली मिलन कार्यक्रम सम्पन्न भएको छ । शिव मन्दिर धर्मशालाको प्राङ्गणमा होली मिलन कार्यक्रम सम्पन्न भएको हो ।
होली मिलन कार्यक्रमको उद्घाटन रङ्ग लगाएर मधेस प्रदेश सभा सदस्य देनारायण चौधरीले गरेका थिए । उनले होली पर्वलाई सभ्य र भव्य रूपमा मनाउन सबैलाई आग्रह समेत गरे ।
त्यस्तै जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ का वडा अध्यक्ष सुनिल कुमार गुप्ताले होली पर्व सामाजिक सद्भाव, आपसी मेलमिलाप र भाईचारा बढाउने महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै सबैलाई मर्यादित रूपमा मनाउन अनुरोध गर्दै होलीको शुभकामना व्यक्त गरेका थिए ।
मन्दिर ब्यवस्थापन समितीका अध्यक्ष श्रीराम साह कानुले कार्यक्रममा सहभागी सम्पूर्ण व्यक्तिहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता सांस्कृतिक कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे ।
शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष श्रीराम साह कानुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष गुप्ता, वडा सदस्य नवीन मैनाली, इलाका प्रहरी कार्यालय जितपुरका प्रमुख प्रहरी बरिष्ठ नायब निरिक्षक सुरेन्द्र तामाङ , अफताब आलम ,श्रवन गुप्ता लगायतको उपस्थिति रहेको थियो ।



