चितवन आइपुगे रवि, बिहान १० बजे अदालत उपस्थित हुने

चितवन, माघ २३- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा बयान दिनका लागि चितवन आइपुगेका छन् । लामिछाने गएराति नै स्थलमार्ग हुँदै चितवन आएका हुन् । रवि आज बिहान १० बजे बयानका लागि अदालतमा उपस्थित हुने रास्वपा स्रोतले जानकारी दियो । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा जिल्ला सरकारी … Read more

रास्वपाको आदर्शकोतवाल भेला सम्पन्न, सभापतिमा चन्दन प्रसाद यादव चयन

बारा, माघ ११ गते । राष्ट्रिय स्वतन्त्र पार्टी बाराको आदर्शकोतवाल गाउँपालिका भेला सम्पन्न भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी मधेश प्रदेशका उपसभापति राधिका न्यौपानेको प्रमुख आतिथ्यता सम्पन्न भेलाले आदर्श कोतवाल गाउँपालिका समिति समेत सर्वसम्मतले चयन गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीको २ महिने संगठन निर्माण तथा विस्तार अभियान अन्तर्गत सम्पन्न भेलाले आदर्शकोतवाल गाउँपालिमा चन्दन प्रसाद … Read more

भैरहवा पुगे रवि लामिछाने

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भैरहवा पुगेका छन् । मुद्दा प्रक्रियामा सहभागी हुन उनी हवाइ मार्गमार्फत भैरहवा पुगेका हुन् । बुटवलको सुप्रिम सहकारीको रकम अपचलनमा लामिछानेसहितलाई प्रतिवादी बनाई मुद्दा दायर भएपछि अदालत उपस्थित हुन भैरहवा पुगेको नेताहरुले बताएका छन् । उनी भोलि बुधबार अदालत उपस्थित हुने बताइएको छ । सुप्रिम … Read more

ओली नेतृत्वको यो सरकार लामो जाँदैनः प्रचण्ड

माघ ८- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष ओली नेतृत्वको सरकार लामो समयसम्म नजाने दोहोर्‍याएका छन् । चितवनमा कांग्रेस नेता डा. शशांक कोइराला र चन्द्र भण्डारीलाई दायाँबायाँ राखेर सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले ओली सरकार लामो समयसम्म नटिक्ने दाबी गरे । उनले भने, ‘यो सरकार धेरै जान्छ भन्ने हामीलाई लाग्दैन । मैले प्रस्ट … Read more

यो वर्षको एसईई आगामी चैत ७ गतेदेखि हुने

काठमाडौं, माघ १- राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को समयतालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिका अनुसार एसईई चैत ७ गतेदेखि हुने भएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ । पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृतः वेदविद्याश्रमतर्फ–अनिवार्य संस्कृत रचना, अनिवार्य … Read more

आज मंगलवार यस्तो छ तपाईको राशिफल, २०८१ साल माघ १ गते

माघ १- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)रचनात्मक कार्य गर्नेको समय रहेको छ। आफन्तहरूको साथमा रमाइलो भेटघाट वा स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। विगतको श्रमको सफलताले थप ऊर्जा बढ्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सृजनात्मक कार्यमा … Read more

प्रेस सेन्टर नेपाल बाराको पाँचौ जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः यादव सर्वसम्मत

बारा, पौष २९ गते । प्रेस सेन्टर नेपाल बाराको पाँचौ जिल्ला अधिवेशन तथा साधारण सभा सम्पन्न भएको छ । आज सोमबार जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ सिमरा स्थित होटेल पराडाईजको सभाहलमा प्रेस सेन्टर नेपाल बाराको अधिवेशनसहितको साधारण सभा सम्पन्न भएको हो । सम्पन्न भएको अधिवेशनबाट पुनः रन्जन यादवको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मतले … Read more

थुनछेक बहसका लागि रवि लामिछानेलाई आज काठमाडौँ अदालतमा उपस्थित गराइँदै

काठमाडौं, पुस २९- सहकारीको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले आज जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउँदै छ । यसअघि आइतबार आफैँ अदालतमा उपस्थित भएका लामिछानेलाई अदालतले प्रहरी हिरासतमा राख्न आदेश दिएको थियो । अदालतले प्रहरीको जिम्मा लगाएसँगै लामिछाने प्रहरी हिरासतमा छन् । लामिछानेको मुद्दा शुक्रबार … Read more

आज सोमवार यस्तो छ तपाईको राशिफल, २०८१ साल पुस २९ गते

चितवन, पुस २९- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। नोकरी वा पेशामा मनोबल बढ्नेछ। कार्यक्षेत्रमा दीर्घकालीन योजनाहरू बन्नेछन्। प्रेम सम्बन्धमा छोटो मिठो यात्रा रहन सक्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्यक्षेत्रमा आत्मविश्वास … Read more

प्रधानमन्त्री ओली आज संसदीय समितिमा जाने

काठमाडौं, पुस २९- विदेश भ्रमणबारे छलफल गर्न संसदीय समितिले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएको छ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले प्रधानमन्त्री ओलीलाई बोलाएको हो। प्रधानमन्त्रीबाट भएको पछिल्लो विदेश भ्रमण र परराष्ट्र मन्त्रालयको आर्थिक वर्ष २०८१र८२ को कार्यक्रम तथा हालसम्मको प्रगति सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले … Read more