भैरहवा पुगे रवि लामिछाने

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भैरहवा पुगेका छन् । मुद्दा प्रक्रियामा सहभागी हुन उनी हवाइ मार्गमार्फत भैरहवा पुगेका हुन् ।

बुटवलको सुप्रिम सहकारीको रकम अपचलनमा लामिछानेसहितलाई प्रतिवादी बनाई मुद्दा दायर भएपछि अदालत उपस्थित हुन भैरहवा पुगेको नेताहरुले बताएका छन् ।

उनी भोलि बुधबार अदालत उपस्थित हुने बताइएको छ । सुप्रिम सहकारीको १ अर्ब ३१ करोड रुपैयाँ अपचलनको आरोपमा पूरक र थप अभियोगसहित ४२ जनालाई प्रतिवादी बनाएर रुपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । sidhakura