संसद भवन तत्काल खाली गर्न माग

काठमाडौं, मंसिर १३- नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले वीरेन्द्र अन्तर्राष्ट्रिय कन्भेन्सिङ सेन्टर (बीआईसीसी) अर्थात् संसद् भवन तत्काल खाली गर्न सरकारसँग माग गरेका छन् । आज सोमबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो माग गरेका हुन् । उनले काठमाडौंमा अन्तर्राष्ट्रियस्तरका मेला, महोत्सव गर्नका लागि सोहीस्तरको हल आवश्यक रहेको … Read more

भरतपुर महानगरपालिकाले अवैध संरचना हटाउन डोजर चलाउने, निकाल्यो ३५ दिने सूचना

चितवन, मंसिर १३– भरतपुर महानगरपालिकाले अवैध संरचना हटाउने अभियान थाल्ने भएको छ । आज (मंगलबार) ३५ दिने सूचना निकाल्दै अवैध संरचना हटाउन आग्रह गरेको हो । सो समयावधि भित्रमा अवैध संरचना नहटाईए महानगर आफैले हटाउने जनाएको छ । संरचना हटाउँदा बापत लाग्ने खर्च समेत सम्बन्धिन व्यक्ति वा संस्थाबाटै असुल गर्ने सूचनामा उल्लेख छ । महानगरले … Read more

माओवादीले कटायो समानुपातिकमा ११ लाख मत

काठमाडौं, १३ मंसिर- नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिकतर्फ ११ लाख मत कटाएको छ । मंगलबार बिहान १० बजेको अद्यावधिक विवरणअनुसार माओवादी केन्द्रले ११ लाख १ हजार ७२९ मत पाएको हो । ११ लाख मत कटाएर माओवादी केन्द्रले तेस्रो स्थान हासिल गर्दा २५ लाख ८६ हजार मतसहित नेकपा एमालेले पहिलो स्थानमा छ । यस्तै २४ लाख … Read more

मुस्ताङबाट यस वर्ष ५० करोडको स्याउ निकासी

म्याग्दी, मङ्सिर १३– मुस्ताङबाट यस वर्ष रु ५० करोड मूल्य बराबरको स्याउ निकासी भएको छ । मुस्ताङमा उत्पादन भएको छ हजार छ सय मेट्रिक टनमध्ये ७० प्रतिशत अथवा चार हजार छ सय २० मेट्रिक टन स्याउ निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । भदौमा प्रतिकिलो रु एक सयका दरले बिक्री भएको मुस्ताङको स्याउको मूल्य … Read more

चुनाव लगत्तै नियमित सेवामा फर्किए डा भोजराज अधिकारी

चितवन, मङ्सिर १३– मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट उम्मेदवार बन्नुभएका चिकित्सक भोजराज अधिकारी नियमित बिरामी परीक्षण सुरु गर्नुभएको छ । उम्मेदवारी मनोनयनको दुई दिनअघि नेकपा (माओवादी केन्द्र)ले लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट टिकट दिएपछि उहाँ निर्वाचनमा होमिनुभएको थियो । भरतपुर अस्पताल विकास समितिको अध्यक्ष पदबाट राजीनामा दिएर उहाँ उम्मेदवार बन्नुभएको थियो । … Read more

३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न आयोगको निर्देशन

काठमाडौँ, मङ्सिर – १२ निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई परिणाम घोषणा भएकोे ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न निर्देशन दिएको छ । आयोगले तोकिएको ढाँचामा खर्च विवरण पेस गर्न निर्देशन दिँदै पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ मनोनयनपत्र पेस गरेका उम्मेदवारले प्रतिनिधिसभा सदस्य … Read more

अभिनेता सलोन बस्नेतले गरे विवाह

काठमाडौं, मंसिर १२- अभिनेता सलोन बस्नेत र एयरहोस्टेस तथा मोडल करिश्मा केसीको आज चन्द्रागिरी रिसोर्टमा विवाह भएको छ । करिब चार वर्ष लामो प्रेम सम्बन्धमा रहेर आज यो जोडीले विवाह गरेको हो । सलोन बेहुली लिन डोली चढेर रिर्सोट पुगेका थिए । विवाहमा नौमती बाजा बजेको छ । शनिबार र आइतबार यो जोडीले चन्द्रागिरी रिसोर्टमै … Read more

‘महापुरूषु’ ले गर्‍यो १० करोडको व्यापार

काठमाडौँ, मंसिर, १२- कोरोना भाइरस महामारीका कारण लकडाउनको समय बढेको डिजिटल प्लेटफर्मको प्रयोगले हलमै गएर फिल्म हेर्ने संस्कृति हराउने चिन्ता बढेको थियो । विश्वमै ओटिटीको प्रयोग बढिरहँदा केही प्रतिक्षित फिल्म रिलिजसमेत भए । हलमा दर्शक घट्नु र ओटिटिमा बढ्नुले नेपालमा समेत यसको विकल्प खोजियो । तर, नेपालमा यसले सफलता पाउन सकेन । हलमै फिल्मको व्यापार … Read more

तराई-मधेशमा चार हजार मेगावाट विद्युत् खपत गर्ने प्रसारण सञ्जाल बनाइँदै

काठमाडौँ,मंसिर १२- नेपाल विद्युत् प्राधिकरणले देशभित्र उत्पादित विद्युत् आन्तरिकरुपमै खपत बढाउन तराई-मधेशका जिल्लामा करिब चार हजार मेगावाट विद्युत् खपत गर्न सक्ने गरी प्रसारण सञ्चालन बनाउने भएको छ । प्राधिकरणले सन् २०५० भित्रमा मधेश प्रदेशका बारा, पर्सा, रौतहट, महोत्तरी, धनुषालगायतका जिल्लाका दक्षिणी भेगमा हुने मानवबस्ती र आद्योगिक क्षेत्र विस्तारलाई ध्यान दिएर उच्च क्षमताको प्रसारण लाइन करिडोर … Read more

बर्दियामा कुटपिट गरेर श्रमतीको हत्या

बर्दिया, मंसिर १२ – बर्दियामा कुटपिटबाट हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गुलरिया नगरपालिका–१५ बस्ने २७ वर्षीय बोधराज बस्नेत रहेका छन् । बस्नेतले २६ वर्षीय श्रीमती नानकला बस्नेतको कुटपिट गरी हत्या गरेका हुन् । बस्नेतलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । गम्भीर घाइते भएकी नानकलाको उपचारको लागि बर्दिया अस्पताल … Read more