चुनाव लगत्तै नियमित सेवामा फर्किए डा भोजराज अधिकारी

चितवन, मङ्सिर १३– मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट उम्मेदवार बन्नुभएका चिकित्सक भोजराज अधिकारी नियमित बिरामी परीक्षण सुरु गर्नुभएको छ । उम्मेदवारी मनोनयनको दुई दिनअघि नेकपा (माओवादी केन्द्र)ले लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट टिकट दिएपछि उहाँ निर्वाचनमा होमिनुभएको थियो । भरतपुर अस्पताल विकास समितिको अध्यक्ष पदबाट राजीनामा दिएर उहाँ उम्मेदवार बन्नुभएको थियो । … Read more

३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न आयोगको निर्देशन

काठमाडौँ, मङ्सिर – १२ निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई परिणाम घोषणा भएकोे ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न निर्देशन दिएको छ । आयोगले तोकिएको ढाँचामा खर्च विवरण पेस गर्न निर्देशन दिँदै पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ मनोनयनपत्र पेस गरेका उम्मेदवारले प्रतिनिधिसभा सदस्य … Read more

अभिनेता सलोन बस्नेतले गरे विवाह

काठमाडौं, मंसिर १२- अभिनेता सलोन बस्नेत र एयरहोस्टेस तथा मोडल करिश्मा केसीको आज चन्द्रागिरी रिसोर्टमा विवाह भएको छ । करिब चार वर्ष लामो प्रेम सम्बन्धमा रहेर आज यो जोडीले विवाह गरेको हो । सलोन बेहुली लिन डोली चढेर रिर्सोट पुगेका थिए । विवाहमा नौमती बाजा बजेको छ । शनिबार र आइतबार यो जोडीले चन्द्रागिरी रिसोर्टमै … Read more

‘महापुरूषु’ ले गर्‍यो १० करोडको व्यापार

काठमाडौँ, मंसिर, १२- कोरोना भाइरस महामारीका कारण लकडाउनको समय बढेको डिजिटल प्लेटफर्मको प्रयोगले हलमै गएर फिल्म हेर्ने संस्कृति हराउने चिन्ता बढेको थियो । विश्वमै ओटिटीको प्रयोग बढिरहँदा केही प्रतिक्षित फिल्म रिलिजसमेत भए । हलमा दर्शक घट्नु र ओटिटिमा बढ्नुले नेपालमा समेत यसको विकल्प खोजियो । तर, नेपालमा यसले सफलता पाउन सकेन । हलमै फिल्मको व्यापार … Read more

तराई-मधेशमा चार हजार मेगावाट विद्युत् खपत गर्ने प्रसारण सञ्जाल बनाइँदै

काठमाडौँ,मंसिर १२- नेपाल विद्युत् प्राधिकरणले देशभित्र उत्पादित विद्युत् आन्तरिकरुपमै खपत बढाउन तराई-मधेशका जिल्लामा करिब चार हजार मेगावाट विद्युत् खपत गर्न सक्ने गरी प्रसारण सञ्चालन बनाउने भएको छ । प्राधिकरणले सन् २०५० भित्रमा मधेश प्रदेशका बारा, पर्सा, रौतहट, महोत्तरी, धनुषालगायतका जिल्लाका दक्षिणी भेगमा हुने मानवबस्ती र आद्योगिक क्षेत्र विस्तारलाई ध्यान दिएर उच्च क्षमताको प्रसारण लाइन करिडोर … Read more

बर्दियामा कुटपिट गरेर श्रमतीको हत्या

बर्दिया, मंसिर १२ – बर्दियामा कुटपिटबाट हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गुलरिया नगरपालिका–१५ बस्ने २७ वर्षीय बोधराज बस्नेत रहेका छन् । बस्नेतले २६ वर्षीय श्रीमती नानकला बस्नेतको कुटपिट गरी हत्या गरेका हुन् । बस्नेतलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । गम्भीर घाइते भएकी नानकलाको उपचारको लागि बर्दिया अस्पताल … Read more

सुनको भाउ घट्यो

काठमाडौ,मंसिर १२- सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु तीन सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार आठ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९७ हजार पाँच सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ … Read more

गढ मानिने चितवन क्षेत्र नं ३ मा कांग्रेस पाँचौँ

चितवन, मंसिर १२- दोस्रो संविधानसभा निर्वाचनमा देशैभरमा सबैभन्दा सुरक्षित ठाउँ मानेर तत्कालीन नेपाली कांग्रेसका सभापति सुशील कोइराला चितवनको तत्कालिन क्षेत्र नं ४ बाट उम्मेदवार बन्नुभयो । भारी मतले उहाँ विजयी पनि हुनुभयो । उहाँले छाडेर उपनिर्वाचन हुँदा कांग्रेसका रामकृष्ण घिमिरेले पनि अत्याधिक मतले विजयी हुनुभयो । हालको क्षेत्र नं ३ सोही क्षेत्र पर्दछ । विगत … Read more

मधेशमा भोली सार्वजनिक विदा

बारा, मंसिर ११ गते । मधेश सरकारले सोमबार प्रदेशभर सार्वजनिक विदा दिएको छ । प्रदेशको ठूलो पर्व सीताराम विवाहपञ्चमीको अवसरमा प्रदेश सरकारले भोली (सोमबार) सार्वजनिक विदा दिएको हो । मधेशका मुख्यमन्त्री लालबाबु राउतले आइतबार एउटा शुभकामना सन्देश जारी गर्दै विवाहपञ्चमीको अवसरमा सार्वजनिक विदा रहेको जानकारी गराएका छन् । सप्ताहव्यापी रुपमा जनकपुरमा धुमधामसित मनाइने सीताराम विवाहपञ्चमीको भोलि … Read more

मोटरसाइकल दुर्घटना हुँदा विरगञ्जमा एक जनाको मृत्यु

पर्सा, मंसिर ११ गते । पर्सा जिल्लाको विरगञ्जमा मोटरसाईल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । हिजो शनिबार राति वीरगञ्जमा भएको मोटरसाइकल दुर्घटनामा वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ मुर्ली निवासी १९ वर्षीय साहिल हवारीको मृत्यु भएको छ भने अर्का एक युवक घाइते भएका छन् । त्यस्तै घाइते हुने पनि सोही स्थानका वासिन्दा २० वर्षीय … Read more