एक युवती र पुरुषको भिडियो खिचेको आरोपमा डीएसपी पक्राउ

काठमाडौं,फागुन ७- सशस्त्र प्रहरी बलका डीएसपी तुलसिंह केसी पक्राउ परेका छन् । पोखरास्थित नम्बर–४ बाहिनी पोखरामा कार्यरत केसीलाई स्वयम्भूबाट पक्राउ गरिएको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीका अनुसार डीएसपी केसीले लुकेर एक युवती र पुरुषको भिडियो खिचेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको हो । वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ अनुसार अनुमतिबिना कसैको तस्बिर वा … Read more

बालअधिकारको प्रत्याभूति बिना नयाँ विश्व सम्भाव छैनः अधिकारकर्मी

फागुन, ६, काठमाडौं । बालअधिकारको प्रत्याभूतिबिना ‘नयाँविश्व’ सम्भावना भएको अधिकारकर्मीहरूले बताएका छन् । स्वतन्त्रताका लागि उठौं, नयाँ विश्व बनाउँ भन्ने नारासहित काठमाडौमा आयोजित विश्व सामाजिकमञ्चको आइतबार भएको ग्लोबल एसेम्बली अन चाइल्ड राइट्स कार्यक्रममाबोल्दै अधिकारकर्मीहरूले यस्तो धारणा राखेका हुन् । कन्सोर्टियम नेपालको संयोजनमाभएको उक्त सत्रमाबोल्दै विभिन्न बक्ताहरूले बालविवाह, भोकमरी, युद्ध, आप्रवासन, बेचबिखन, बाढीपहिरो, यौन व्यवसाय लगायतका … Read more

गणेश थापाको स्वरमा “आखाँ झुम्न थाल्यो” भिडियो सहित

काठमान्डौ, फाल्गुन ६ गते । प्रेम र रोमान्स समेटिएको गीत “आखाँ झुम्न थाल्यो”सार्वजनिक गरिएको छ । बरिष्ठ गायक गणेश थापाको स्वर रहेको यो गीतमा सुदन लुईटेलको शब्द, सुवर्ण कुमारको संगीत छ । २५ बर्षको अमेरिका बसाई पछि नेपाल फर्किएका गायक थापाले नेपाली मौलिक भाकामा गीत प्रस्तुत गर्न पाउनु आफैमा माटो र मातृत्व प्रतिको लगाव भएको … Read more

नेपाल ए माथि क्यानडा ४ विकेटले विजयी

काठमाडौँ, ६ फागुन । क्यानडाले नेपाल ए क्रिकेट टिमलाई पराजित गरेको छ । आइतबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा क्यानडाले नेपाल ए लाई ४ विकेटले पराजित गरेको छ । नेपाल ए ले दिएको २१७ रनको लक्ष्य पछाएको क्यानडाले ४९.३ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । यस अघि मुलपानी क्रिकेट मैदानमा जारी खेलमा … Read more

मधेसका मुख्यमन्त्री यादवले पाए तेस्रो पटक विश्वासको मत

जनकपुरधाम, ६ फागुन । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सभाबाट तेस्रोपटक विश्वासको मत पाउनु भएको छ ।  मधेस सरकारमा सहभागी जनमत पार्टीले गत माघ ९ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले  विश्वासको आज प्रदेश सभामा विश्वासको मतको लागि प्रस्ताव पेस गर्नु भएको थियो । आइतवारको प्रदेशसभामा उपस्थित कुल १ सय ४ सांसदहरु मध्ये मुख्यमन्त्री … Read more

१२ वर्षीया बालिका बलात्कृत, ६० वर्षीय वृद्ध पक्राउ

सुलीकोट, ६ फागुन । गोरखाबाट प्रहरीले बलात्कार आरोपमा ६० वर्षीय वृद्धलाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा बारपाक सुलीकोट गाउँपालिका–४ सौरपानी घुनचोकका ६० वर्षीय वृद्ध बुद्धिमान बिक रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए।  उनका अनुसार २०८० फागुन २ गते बेलुका ८ बजेको समयमा नाम परिवर्तित १२ वर्षीय नाबालिका भकुमारीलाई घरमा … Read more

टीकापुरमा पानिमा डुबेर एक बालिकाको मृत्यु

धनगढी, ६ फागुन । टीकापुरमा पानीमा डुबेर एक बालिकाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार टीकापुर नगरपालिका–१ शान्तिनगरका सिर्जना चौधरीकी एक वर्षीया छोरी आरोही चौधरीको पानीमा डुबेर मृत्यु भएको हो। बाल्टीको पानीमा डुबेर घाइते भएकी बालिकालाई उपचारका लागि टीकापुर अस्पताल पुगाउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

नेपाल ‘ए’ क्रिकेट टिमको पहिलो खेल क्यानडाविरुद्ध आज मुलपानी मैदानमा

काठमाडौं,फागुन ६- नेपालमा पहिलो पटक घोषणा भएको नेपाल ‘ए’ क्रिकेट टिमले आज पहिलो खेल खेल्दैछ । नेपाल ‘ए’ टिमले आइतबारदेखि क्यानडाविरुद्ध तीन खेलको सिरिज खेल्न लागेको हो । यी सबै खेल मुलपानीस्थित क्रिकेट मैदानमा हुनेछन्। नेपाल ए टिमको कप्तान विनोद भण्डारी हुन् । मुख्य प्रशिक्षकको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिइएको छ । थप दुई खेल फागुन … Read more

संसारमा पहिलो पटक ‘एआई होलोग्राम’सँग हुदैँछ विवाह, राेचक कुरा थाहा पाउनुहाेस्

काठमाडौं, ५ फागुन । एउटी स्पेनी महिलाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट बनेको पार्टनरसँग बिहे गर्न लागेकी छिन् ।  यो संसारको पहिलो हाइब्रिड जोडी हुनेछ, जसमा एक व्यक्ति जीवित र अर्को कृत्रिम हुनेछ। विश्वमा पहिलो पटक जीवित व्यक्तिले भर्चुअल पार्टनरसँग विवाह गर्ने घटनाले विश्वमा उनले चकित पार्दैछिन। कलाकार एलिसिया फ्रेमिसले एआई उत्पन्न होलोग्रामसँग विवाह गर्न लागेकी … Read more

दाङमा गोली हानेर माहिला प्रहरीको हत्या

दाङ, ४ फागुन । दाङमा गाेली हानेर माहिला प्रहरीको हत्या भएकाे छ । घाेराहीकाे दामाेदर चाेकमा डिउटीमा रहेका महिला प्रहरीकाे गाेली हानेर हत्या गरिएकाे हाे । वडा प्रहरी कार्यालय घाेराहीमा कार्यरत प्रहरी जवान धनमाया थापालाई उनकै श्रीमान प्रहीरी हवल्दार यमबहादुर झाक्रीले गाेली हानेर हत्या गरेकाे जिल्ला प्रहरी कार्यालय दाङले जानाएको छ । गाेली हानेर भाग्दै गरेका … Read more