काठमाडौं,फागुन ७-
सशस्त्र प्रहरी बलका डीएसपी तुलसिंह केसी पक्राउ परेका छन् । पोखरास्थित नम्बर–४ बाहिनी पोखरामा कार्यरत केसीलाई स्वयम्भूबाट पक्राउ गरिएको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीका अनुसार डीएसपी केसीले लुकेर एक युवती र पुरुषको भिडियो खिचेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको हो ।
वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ अनुसार अनुमतिबिना कसैको तस्बिर वा भिडियो खिच्न पाइँदैन । ऐनमा कसैले कुनै पनि व्यक्तिको चरित्र वा सामाजिक प्रतिष्ठामा क्षति पुग्ने गरी निजको मञ्जुरीबिना निजको तस्बिर खिच्न नहुने भनिएको छ ।



