डिजेल र पेट्रोलको मूल्य लिटरमा २ रुपैयाँँ बढ्यो(नयाँ मुल्य सहित)

काठमाडौँ, फागुन ४– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। आज राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाएको हो। निगमका अनुसार खाना पकाउन प्रयोग हुने एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत राखिएको छ।

एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा नेपाल र मलेसिया भिड्दै

काठमाडौं,फागुन ४- नेपालले एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ। खेल नेपाली समय अनुसार बिहान ११ः१५ मा बायोमास ओभलमा सुरु हुनेछ। यस खेलको विजेता टोलीले यसै वर्ष हुने महिला एसिया कप टी–२० क्रिकेट प्रतियोगिता खेल्न पाउनेछ। एसिया कपमा वुमन्स प्रिमियर कपको फाइनलमा पुगेका दुई टोलीसँगै भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका हुनेछन्। नेपालले … Read more

कपिलवस्तु बस दुर्घटना अपडेटः दश जना मृतकको सनाखत

कपिलवस्तु, ३ फाल्गुन । कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै आज विहान भएको बस दुर्घटनामा मृत्यु भएका दशजनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक हरि वलीका अनुसार सनाखत भएका मृतकमा रौतहट औराही ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, नेपाली सेना कालीजङ्ग गण गोरुसिङ्गेमा कार्यरत सल्यानका अर्जुनकुमार योगी र भारत उत्तरप्रदेश … Read more

सुनको भाउ स्थिर, चाँदीको भाउ बढ्याे

काठमाडौ, ३ फागुन ।  नेपाली बजारमा बिहिबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ भने बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको १ लाख १६ हजार ५०० रुपैयाँ कायम छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १५ हजार ९५० रुपैयाँ रहेको छ । यसअघि बुधबार पनि सुन सोही … Read more

नामिबियाविरुद्ध नेपाल १३२ रनमा अलआउट

काठमाडौँ, ३ फागुन । नेपालले नामिबियाविरुद्ध खराब ब्याटिङग गरेको छ । आईसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको पहिलो खेलमा टस हारेर पहिला ब्याटिंग गरेको नेपाल ४१.१ ओभरमा १३२ रन बनाएर अलआउट भएको छ । नेपालका भीम सार्कीले सर्बाधिक ४४ रन बनाएका थिए । त्यस्तै गुलशन झाले २१, कुशल मल्लले १५, पवन सराफले १२, अनिल शाहले … Read more

विश्वकप लिग-२ सुरू, पहिलो खेलमा नेपालले नामाबियासँग प्रतिस्पर्धा गर्ने

काठमाडौं, ३ फागुन । आइसीसी क्रिकेट विश्वकप लिग-२ को (२०२३- २०२७) को साइकलका सिरिज आजदेखि शुरु हुदैछ । २०२७ मा हुने क्रिकेट विश्वकपमा छनौटको प्रक्रिया अन्तर्गत आजदेखि काठमाडौँमा पहिलो सिरिज हुदै छ । आइसीसीले क्रिकेट विश्वकपमा छनौट हुन यस अघि (२०१९- २०२३) मा पनि यहि फर्म्याटमा प्रक्रिया शुरु गरेको थियो । लिग- २ मा ८ … Read more

कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना, १० जनाको मृत्यु

कपिलवस्तु,फागुन ३- कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुलनजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। कम्तीमा ३० जना घाइते भएका छन्। मृतकहरूको सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए। उनका अनुसार कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुनौलो महाकाली यातायातको सु-प -प्र-०२-a००१ ख ००९८ नम्बरको बस बाटोबाट २०० मिटर तल खसेको … Read more

बलात्कारको आरोपमा काठमाडौं जिल्ला अदालतका अधिकृत प्रकाउ

काठमाडौं, फागुन २- काठमाडौं जिल्ला अदालतका कार्यरत अधिकृत बलात्कारको आरोपमा पक्राउ परेका छन् । ललितपुर प्रहरीले माघ २८ गते गोपाल गजमेरलाई पक्राउ गरेको हो । गजमेरविरुद्ध बलात्कारको जाहेरी पक्राउ परेकै दिन प्रहरीले उनलाई पक्राउ गरेको थियो । पाटन उच्च अदालतमा कार्यरत रहँदा सँगै काम गरेकी कर्मचारीले गजमेरविरुद्ध बलात्कारको आरोप लगाएकी हुन् । स्रोतः नेपाल प्रेस

७८ प्रहरी उपरीक्षकको सरुवा, पर्सामा कुमोध ढुंगेल आउँदै

विरगञ्ज, फागुन २ गते । प्रहरी प्रधान कार्यालय नक्सालले ७८ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा गरेको छ। प्रहरी महानिरीक्षक बसन्त कुँवरले एसपीहरुको सरुवा/काज गरेका हुन् । जिल्ला प्रहरी कार्यालय पर्सा प्रमुख एवम् प्रहरी उपरीक्षक कोमल शाहलाई नेपाल प्रहरी प्रधान कार्यलय ईन्टरपोल शाखा नक्साल काठमाडौँमा सरुवा गरिएको छ । यता पर्सा प्रहरी प्रमुखमा जिल्ला प्रहरी कार्यालय … Read more

जीतपुर गौशालाको जग्गामा जीतपुरसिमरा उपमहानगरपालिकाविरुद्ध परेको रिट खारेज

बारा, फल्गुन १ गते । बारा जिल्लाको जीतपुरस्थित जीतपुर गौशालाको जग्गा संरक्षणको क्रममा जीतपुरसिमरा उपमहानगरपालिकाविरुद्ध परेको रिट खारेज भएको छ । उपमहानगरविरुद्ध उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जमा दायर भएको रिट खारेज भएको हो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (ण) को १३ बमोजिम पशुपालन तथा स्वास्थ्यसम्बन्धी कार्यक्षेत्र स्थानीय तहको हुने साथै … Read more