काठमाडौँ, फागुन ४–
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। आज राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाएको हो।
निगमका अनुसार खाना पकाउन प्रयोग हुने एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत राखिएको छ।




