हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग प्रधानमन्त्रीको छलफल

काठमाडौँ, १७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले रूग्ण अवस्थामा रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग छलफल गरेका छन् । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा उच्चस्तरीय छलफलको आयोजना गरी प्रधानमन्त्री प्रचण्डले कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाले गरेको सम्भाव्यता अध्ययननको बिफ्रिङ लिएका हुन् ।  नेपाल सरकारको आर्थिक वर्ष २०८०।०८१ को नीति … Read more

तेस्रो मनहर्वा गोल्डकपः नवदुर्गा सिमरा सेमीफाईनल प्रवेश

बारा, माघ १६ गते । तेस्रो मनहर्वा गोल्डकप अन्तरगतको चौथो दिनको खेल नवदुर्गा यूवा क्लब सिमराले जीतेको छ । बागमती यूवा क्लब सर्लाहीलाई ५–१ गोल अन्तरमा पछी पार्दै सिमराले खेल जितेको हो । जीतसँगै सिमरा सेमीफाईनल प्रवेश गरेको छ । साविक विजेता समेत रहेको सिमराले विहिबार दोस्रो सेमीफाईनल खेल रिगल हेटौंडा रिसोर्टसँग खेल्ने छ । … Read more

बुबाको हत्या आराेपमा छोरा पक्राउ

सुनसरी, १६ माघ । आफ्नै बुवा ७० वर्षीय चिकचिलिया रिसिदेवको कुटपिट गरी हत्या गरेको अभियोगमा ईनरुवा नगरपालिका-८ गणेशपुर रिसिदेव टोल बस्ने २१ वर्षीय चिबु रिसिदेवलाई प्रहरीले पक्राउ गरेको छ ।   घरायसी लेनदेनको विषयलाई लिएर चिबुले माघ ११ गते दिउँसो कुटपिट गर्दा गम्भीर घाइते भएका चिकचिलियाको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको … Read more

बैतडीमा किशोरीको शव फेला

बैतडी, १६ माघ । बैतडीमा एक किशोरी मृत फेला परेकी छन्। जिल्लाको दशरथचन्द नगरपालिका–६ थालीगडाकी १६ बर्षीया रेखा धामी मंगलबार मृत फेला परेकी हुन्। उनी आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले बताए। घटनाको विषयमा अनुसन्धान भइरहेको उनले बताए।

भरतपुर क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण केन्द्र बन्ने

चितवन, १६ माघ । भरतपुरको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण केन्द्र बन्ने भएको छ। अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा चीन सरकारको सहयोगमा अस्पलात परिषर भित्र बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको लागि काम अगाडि बढेको छ। विश्व मापदण्ड अनुसारको पाँच शैयाको अत्याधुनिक बोनम्यारो प्रत्यारोपणको भवन तथा औजार सहितको … Read more

अर्को सालको शहीद दिवसमा सार्वजनिक बिदा, आज छैन

काठमाडौं, माघ १६- सरकारले यस वर्ष सहिद दिवसको दिन बिदा नदिएर अर्को वर्ष २०८१ को सहिद दिवसमा बिदा दिने भएको छ। गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराइले सहिद दिवसको दिन मंगलबार सरकारले बिदा नदिएको प्रस्ट पारेका छन्। २०८१ सालको सहिद दिवसमा भने बिदा दिने निर्णय भएको उनले बताए। सरकारले २०८१ को लागि थप दुई दिन … Read more

भरतपुर महानगरद्वारा बालबालिकालाई न्यानो कपडा वितरण

पुनम मगर, शशिनगर, १६ माघ । भरतपुर महानगरपालिकाले ‘बालबालिकासँग मेयर कार्यक्रम’ अन्तर्गत भरतपुर १८ को श्री माध्यमिक विद्यालय शशिनगरका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रेनु दाहालले विद्यालयको सुधारका लागि प्राप्त मात्रमा भौतिक पूर्वाधारहरू निर्माण गर्दै आगामी दिनमा विद्यार्थीको माग अनुसार नै शैक्षिक गतिविधिहरू अगाडि बढाउने गरी कार्यक्रमहरू ल्याइने  योजनाहरू … Read more

आजदेखि सरकारी कार्यालयहरु ५ बजेसम्म खुल्ने

काठमाडौं, माघ १६ । देशभरका सम्पूर्ण सरकारी कार्यालय आजदेखि अपराह्न ५ बजेसम्म खुल्ने भएका छन्। सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि कार्यालय समय बिहान १० देखि अपराह्न ५ बजेसम्म हुने जनाएको थियो। सरकारले गत कात्तिक १६ गतेदेखि यही माघ १५ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म … Read more

पूर्वराजा ज्ञानेन्द्रलाई भेटेपछि प्रसाईंले लेखेः भ्रष्ट नेताबाट देशले छिट्टै निकास पाउनेछ

काठमाडौं, माघ १५- नेपाली जनताको मुक्तिको लागि भन्दै आन्दोलन गरिरहेका व्यवसायी दुर्गा प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन् । ​पूर्वराजासँग भेटवार्ता गरेको तस्वीर सार्वजनिक गर्दै प्रसाईंले देशले छिट्टै निकास पाउने बताएका हुन् । ‘श्री ५ महाराजधिराज सरकारसँगको अर्थपूर्ण भेट । लघुवित्त, सहकारी, बैंकबाट पीडित नागरिकहरूले र भ्रष्ट नेताबाट देशले छिट्टै निकास पाउनेछ, धैर्य गर्नुहोला … Read more

तेस्रो मनहर्वा गोल्डकपः टाईब्रेकरमा बिरगजं यूनाईटेड पर्सा विजयी

बारा, माघ १५ गते । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१८मा जारी तेस्रो मनहर्वा गोल्डकप अन्तरगत सोमबारको खेल विरगजं यूनाईटेड पर्साले जितेको छ । हनामी भरतपुर फुटबल क्लब (बि.एफ.सी. चितवन) सँगको निर्धारित ९० मिनटको खेलमा बराबरी भएपछी टाईब्रेकरबाट नतिजा निकालिएको हो । टाईब्रेकरमा बिरगजंका तर्फबाट ५ र हनामी चितवनले ४ गोल गरेको थियो । पहिलो हाफमा हनामी … Read more