चितवनको रत्ननगरमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु

चितवन, चैत ९- चितवनको रत्ननगर नगरपालिका–९, निपनी चोकमा भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज (सोमबार) दिउँसो करिब ३ः२५ बजे खैरहनीबाट भरतपुरतर्फ आउँदै गरेको लु २ ख २८९४ नम्बरको डिजेल बोकेको तेलको ट्याङ्करले भित्री सडकबाट मुख्य सडकमा निस्कँदै गरेको ना ५५ प ८०७७ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो … Read more

वीरगन्जको एक लजमा भारतीय दम्पती मृत फेला

वीरगन्ज, चैत्र ९ गते । वीरगन्ज महानगरपालिका–नयाँ बसपार्क क्षेत्रअन्तर्गत भानु चोक नजिक रहेको नवदुर्गा लजमा एक भारतीय दम्पती मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार भारतको पश्चिम बंगाल, कोलकाताका करिब ३४ वर्षीय बपन पत्रा र उनकी करिब ३२ वर्षीया पत्नी लजको कोठाभित्र एउटै सिलिङ फ्यानमा झुण्डिएको … Read more

तीन बुँदे सहमतिपछि हरि खेतान क्याम्पसको तनाव मत्थर, विद्यार्थी आन्दोलन रोकियो

वीरगन्ज । वीरगन्जस्थित हरि खेतान बहुमुखी क्याम्पसमा व्यवस्थापन र शिक्षकबीच देखिएको विवादका कारण उत्पन्न तनाव अन्ततः तीन बुँदे सहमतिपछि समाधानतर्फ उन्मुख भएको छ। सहमतिसँगै आन्दोलनरत विद्यार्थीहरूले आफ्नो प्रदर्शन स्थगित गरेका छन्। आइतबार साँझ जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी भोला दाहालको उपस्थितिमा विद्यार्थी प्रतिनिधि, क्याम्पस सञ्चालक समिति र प्राध्यापकबीच भएको छलफलपछि सहमति जुटेको हो। … Read more

मोटरसाइकल मर्मतको पैसा नतिर्दा सिरहामा दुई समूहबीच झडप, ६ जना घाइते

सिरहा । सिरहा नगरपालिका–१२ सारसर क्षेत्रमा मोटरसाइकल मर्मतको पैसा नतिरेको विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा ६ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार चैत ६ गते अपराह्न करिब ४:५० बजे स्थानीय सलमान मियाँ र हासिम दफाली पक्षबीच विवाद चर्किएपछि कुटपिट भएको हो। घटनाको जानकारी पाएलगत्तै प्रहरी निरीक्षक गजेन्द्र नारायण रायको कमाण्डमा प्रहरी टोली … Read more

वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अवरुद्ध

नवलपरासी, चैत ७ लगातार वर्षा भएसँगै सडक चिप्लो बनेपछि सम्भावित दुर्घटना र जोखिम घटाउने उद्देश्यले बुटवल–नारायणगढ सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने क्षेत्रको सडक हिलो र चिप्लो बनेपछि यातायात ठप्प जस्तै बनेको हो। दाउन्नेको घिउखोला तथा विश्वकर्मा मन्दिर आसपासका क्षेत्रमा सवारीसाधन चिप्लिएर बीच बाटोमै … Read more

प्रधानमन्त्री कपका लागि मधेस प्रदेशको टोली घोषणा, अनिल साह कप्तान

बारा, चैत्र ६ गते । चैत ७ गतेदेखि सुरु हुने ‘प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता’का लागि मधेस प्रदेश क्रिकेट संघले १५ सदस्यीय टोली सार्वजनिक गरेको छ। टोलीको कप्तानी राष्ट्रिय टोलीका खेलाडी अनिल साहलाई दिइएको छ। संघका कोषाध्यक्ष सुवास जयसवालका अनुसार बारा, पर्सा र सप्तरीमा तीन चरणमा सञ्चालन गरिएको विशेष छनोट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गरेका … Read more

सिरहा अदालत अगाडि बम विस्फोट: एक जना पक्राउ, अनुसन्धान जारी

सिरहा, चैत्र ६ गते । सिरहा जिल्ला अदालत अगाडि रहेको बार एशोसिएसन कार्यालयमा कुकर बम विस्फोट भएको घटनामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सुखीपुर नगरपालिका–३ का गुमस्ता यादव रहेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी रमेशबहादुर पालका अनुसार घटनाबारे अहिले विस्तृत अनुसन्धान चलिरहेको छ। उनले अनुसन्धान पूरा भएपछि मात्रै थप … Read more

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

चितवन, चैत ४ – नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् । सडक डिभिजन कार्यालय भरतपुरले गरेको अध्ययन अनुसार आठ ठाउँ उच्च जोखिममा, २२ ठाउँ जोखिममा र १३ ठाउँ सामान्य जोखिमको अवस्थामा रहेका छन् । कार्यालयले गरेको अध्ययनअनुसार उच्च जोखिम भनिएको तुइन खोला अति उच्च जोखिम रहेको छ । कार्यालयका इञ्जिनियर अर्जुन घिमिरेका अनुसार तुइनसँगै … Read more

बारामा दुई वटा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन जना घाइते

जीतपुर, चैत्र ३ गते । सिम्रौनगढ नगरपालिका–५ मा सोमबार राति दुई भारतीय नम्बर प्लेटका मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्। सिम्रौनगढबाट कलैयातर्फ गइरहेका बीआर०५एए ८४४४ र बीआर३०भी ४६३७ नम्बरका मोटरसाइकल एकआपसमा जुध्दा दुर्घटना भएको हो। दुर्घटनामा ४६३७ नम्बरको मोटरसाइकलमा सवार ४५ वर्षीय सुरेन्द्र महतोको मृत्यु भएको प्रहरीले … Read more

हत्या अभियोगमा बाजुराका ४० वर्षीय धनबहादुर महतरा पक्राउ

काठमाडौँ, चैत ३ – बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–२ पुडेनीका ३५ वर्षीय शर्वाश बुढाको हत्या गरेको अभियोगमा ४० वर्षीय धनबहादुर महतरा पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार धनबहादुर र उहाँका १८ वर्षीय छोराले ढुङ्गा प्रहार गर्दा शर्वाशको घटनास्थलमै मृत्यु भएको हो । अभियुक्त महतरालाई पक्राउ गरिएको छ भने घटनापछि फरार भएका निजका छोराको खोजी … Read more