जितपुरमा १ किलो ७४४ ग्राम गाँजासहित एक जना पक्राउ

बाराको जितपुरसिमरा उपमहानगरपालिका–७ शान्ति टोलबाट प्रहरीले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय जितपुरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक उमेश निरौलाको कमाण्डमा खटिएको टोलीले आइतबार दिउँसो करिब ३ बजे स्थानीय ४२ वर्षीय वीरेन्द्र बैठालाई नियन्त्रणमा लिएको हो। बैठाको आफ्नै घरको आगनबाट ७० पोका गरी ३ सय ८६ ग्राम … Read more

घुस आरोप लागेका कर्मचारीलाई जीतपुरसिमरा उपमहानगरबाट हटाइयो

बारा। सेवाग्राहीसँग घुस लिएको आरोप सार्वजनिक भएपछि जीतपुरसिमरा उपमहानगरपालिकाले व्यवसाय फाँटमा कार्यरत करारका कर्मचारी अनिल विश्वकर्मालाई सेवाबाट हटाएको छ। उपमहानगरपालिकाका अनुसार पान (PAN) नम्बर बन्द गर्ने क्रममा सेवाग्राहीसँग सरकारी शुल्कभन्दा बढी रकम लिएको विषय सार्वजनिक भई समाचार प्रकाशन भएपछि घटनाको प्रारम्भिक जानकारी संकलन गरिएको थियो। त्यसक्रममा करार सेवामा कार्यरत कर्मचारी विश्वकर्मालाई तत्कालदेखि लागू हुने गरी … Read more

जीतपुरसिमरामा पान बन्द गर्ने क्रममा घुस लिएको आरोप

बारा। जीतपुरसिमरा उपमहानगरपालिकामा पान (PAN) नम्बर बन्द गर्ने क्रममा व्यवसाय फाँटका एक कर्मचारीले सेवाग्राहीसँग घुस लिएको आरोप लागेको छ। सेवाग्राहीले सरकारी शुल्कभन्दा बढी रकम कर्मचारीलाई बुझाउनुपरेको दाबी गरेका छन् भने सम्बन्धित कर्मचारीले आवश्यकभन्दा बढी रकम लिइएको स्वीकार गर्दै गल्ती भएको र अतिरिक्त रकम फिर्ता गरिने बताएका छन्। जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित न्यु सायमा स्टिल फर्निचरका सञ्चालक … Read more

बारामा करेन्ट लागेर एक जनाको मृत्यु

बाराको आदर्श कोतवाल गाउँपालिका ७ कोतवालीमा शुक्रबार बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६० वर्षीय गणेश महतो कोइरी रहेका छन् । कोइरीलाई विद्युतको पोलको नांगो तारमा हुक लगाउने क्रममा करेन्ट लागेको हो । उनी करेन्ट लागेर गम्भीर घाइते भएका थिए । कोइरीलाई तत्काल उपचारका लागि कलैयास्थित प्रादेशिक अस्पताल ल्याइएको र … Read more

ढल्केबर ट्रमा सेन्टरबारे विवाद बढेपछि स्वास्थ्य मन्त्रीको स्पष्टीकरण, योजना नहटाइएको दाबी

धनुषाको ढल्केबरमा निर्माण गर्ने भनिएको ट्रमा सेन्टरको योजना अन्यत्र सारिने चर्चा चलेपछि स्थानीयस्तरमा विरोध चर्किएको छ। विवाद बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले ढल्केबरमा ट्रमा सेन्टर निर्माण गर्ने सरकारी योजना यथावत् रहेको स्पष्ट पारेकी छन्। गत मङ्गलबार प्रतिनिधिसभा बैठकमा मन्त्री मेहताले सिरहाको लहानमा ट्रमा सेन्टर निर्माण गरिने विषय उल्लेख गरेपछि ढल्केबरको योजना रद्द … Read more

नेपाल उद्योग वाणिज्य महासङ्घको महिला उद्यमी विकास समितिमा रिता कँडेल मनोनित

बारा । जीतपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घकी सचिव रिता कँडेल नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) को महिला उद्यमी विकास समितिको सदस्यमा मनोनित हुनुभएको छ। उहाँको मनोनयनसँगै बारा जिल्लाको निजी क्षेत्र तथा व्यवसायिक वृत्तमा खुसी व्यक्त गरिएको छ। लामो समयदेखि महिला उद्यमशीलता, व्यवसाय प्रवर्द्धन तथा निजी क्षेत्रको सशक्तीकरणमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएकी कँडेल हाल जीतपुरसिमरा … Read more

सिरहामा प्रहरीको गोली प्रहारपछि ६ जना लागूऔषध कारोबारी पक्राउ, दुई जना घाइते

सिरहाको लहान नगरपालिका–३ मा लागूऔषध नियन्त्रण ब्यूरोको विशेष टोलीले सञ्चालन गरेको अपरेशनका क्रममा ६ जना लागूऔषध कारोबारी पक्राउ परेका छन्। काठमाडौँको कोटेश्वरस्थित लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको विशेष टोलीले बिहीबार पक्राउ गर्ने क्रममा केही व्यक्तिले प्रतिरोध गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गरेको जनाएको छ। गोली लागेर एक नेपाली र एक भारतीय नागरिक घाइते भएका … Read more

बारा–भारत सीमा क्षेत्रमा भारतीय नागरिक मृत फेला, घटनाबारे अनुसन्धान सुरु

बाराको पचरौता नगरपालिका–१ स्थित नेपाल–भारत सीमा क्षेत्रमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। आइतबार राति जमुनिया खोलाको किनारमा शव फेला परेपछि नेपाल प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार प्रारम्भिक अनुसन्धानबाट मृतक भारतीय नागरिक रहेको खुलेको छ। मृतकको औपचारिक पहिचान तथा आवश्यक … Read more

पर्साबाट १०२ किलोभन्दा बढी गाँजासहित भारतीय नागरिक पक्राउ

वीरगञ्ज — पर्सा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा गरिएको सवारी जाँचका क्रममा १०२ किलोभन्दा बढी गाँजा बरामद भएपछि प्रहरीले चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको हो। पक्राउ पर्नेमा भारतको बिहार राज्य, बेतिया जिल्ला, नवलपुर निवासी ३२ वर्षीय गुड्डु बर्मा रहेका छन्। उनी सवार रहेको बिआर … Read more

जीतपुरसिमरा वडा नं. २ मा अतिक्रमण हटाउन अन्तिम चेतावनी, असार १३ भित्र सामान हटाउन आग्रह

सिमरा, बारा। जीतपुरसिमरा उपमहानगरपालिकाले सार्वजनिक जग्गाको संरक्षण तथा व्यवस्थित सहरी विकासलाई प्राथमिकता दिँदै वडा नं. २ अन्तर्गत अतिक्रमण गरी राखिएका सामग्री तत्काल हटाउन सम्बन्धित पक्षलाई अन्तिम सूचना जारी गरेको छ। यो सूचना उपमहानगरपालिकाको आधिकारिक वेबसाइटमा पनि प्रकाशित गरिएको छ। उपमहानगरपालिकाका अनुसार साविक पिपरा सिमरा गाउँ विकास समिति, साविक प्राथमिक स्वास्थ्य केन्द्र, साविक पशु सेवा केन्द्र, … Read more