वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अवरुद्ध

नवलपरासी, चैत ७ लगातार वर्षा भएसँगै सडक चिप्लो बनेपछि सम्भावित दुर्घटना र जोखिम घटाउने उद्देश्यले बुटवल–नारायणगढ सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने क्षेत्रको सडक हिलो र चिप्लो बनेपछि यातायात ठप्प जस्तै बनेको हो। दाउन्नेको घिउखोला तथा विश्वकर्मा मन्दिर आसपासका क्षेत्रमा सवारीसाधन चिप्लिएर बीच बाटोमै … Read more

ओभरटेक गर्दा मोटरसाइकल छिर्‍यो ट्रकमुनि, एक जनाको मृत्यु

काठमाडौं, माघ २८- स्याङ्जामा ट्रकमुनि मोटरसाइकल छिर्दा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा वालिङ नगरपालिका–९ क्याम्पस रोडका १६ वर्षीय सुशील गुरुङ छन्। उनको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा आइतबार राति ११ बजे मृत्यु भएको स्याङ्जा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले बताए। उनका अनुसार राति सवा १० बजे वालिङ नगरपालिका–८ … Read more

जग्गा किनबेचको विवादमा महिलाको हत्या

म्याग्दी, भदौ ३– म्याग्दीको मालिका गाउँपालिका–३ डाँडागाउँमा एक महिलाको हत्या भएको छ । डाँडागाउँको गलकोटमा गए राति ३५ वर्षीय दलवीर श्रीपालीले धारिलो हतियार प्रहार गरी सोही ठाउँकी ४३ वर्षीया बिनाकुमारी विकको हत्या गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हत्यामा संलग्न दलवीरलाई इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको टोलीले खतेन गाउँबाट राति नै नियन्त्रणमा लिएको जिल्ला … Read more

गोरखामा पहिरोले पुरिएर ५ जना बेपत्ता

गोरखा,साउन १३- गोरखाको धार्चे गाउँपालिका–५ सिङग्लामा पहिरोले एक पुरिँदा ५ जना बेपत्ता भएका छन्। आज बिहान ३ बजे गएको पहिरोले स्थानीय जितबहादुर गुरुङ्गको घर पुरिँदा ५ जना बेपत्ता भएको गाउँपालिका अध्यक्षलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी डीएसपी रमेशकुमार श्रेष्ठले बताए। उनका अनुसार दुर्गम स्थान भएकोले प्रहरी घटनास्थलतर्फ गइरहेको छ। प्रहरी टोली गोरखा … Read more

कास्कीमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ११ पुग्यो

पोखरा, असार २८- कास्कीमा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ११ पुगेको छ । पोखरा–महानगरपालिका वडा नम्बर १९ पुरनचौरमा एकै परिवारका ७ जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ भने पोखरा–३२ चैनपुर र मादी–११ मा बेपत्ता २ जनाको पनि शव फेला परेपछि मृतकको संख्या ११ पुगेको हो । पोखरा–३२ स्थित आरती ओझाको घर पहिरोले पुरिँदा १८ वर्षीया … Read more

तनहुँमा जन्ती बोकेको बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं, ७ फागुन – तनहुँमा बोलेरो दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १६ जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। मृत्यु हुनेमा आबुखैरेनी गाउँपालिका-६ का ७२ वर्षीय आशवीर गुरुङ र ब्यास नगरपालिका-९ गजौडी १७ वर्षीया तुलसी गुरुङ रहेका छन्। मिर्लुङबाट छापस्वारातर्फ जन्ती लिएर जाँदै गरको बा१८च ५९२१ नम्बरको बोलेरो आबुखैरेनी … Read more

एक युवती र पुरुषको भिडियो खिचेको आरोपमा डीएसपी पक्राउ

काठमाडौं,फागुन ७- सशस्त्र प्रहरी बलका डीएसपी तुलसिंह केसी पक्राउ परेका छन् । पोखरास्थित नम्बर–४ बाहिनी पोखरामा कार्यरत केसीलाई स्वयम्भूबाट पक्राउ गरिएको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीका अनुसार डीएसपी केसीले लुकेर एक युवती र पुरुषको भिडियो खिचेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको हो । वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ अनुसार अनुमतिबिना कसैको तस्बिर वा … Read more

१२ वर्षीया बालिका बलात्कृत, ६० वर्षीय वृद्ध पक्राउ

सुलीकोट, ६ फागुन । गोरखाबाट प्रहरीले बलात्कार आरोपमा ६० वर्षीय वृद्धलाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा बारपाक सुलीकोट गाउँपालिका–४ सौरपानी घुनचोकका ६० वर्षीय वृद्ध बुद्धिमान बिक रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए।  उनका अनुसार २०८० फागुन २ गते बेलुका ८ बजेको समयमा नाम परिवर्तित १२ वर्षीय नाबालिका भकुमारीलाई घरमा … Read more

आफ्नो श्रीमती प्रेमीसँग भाग्न लाग्दा श्रीमानले गरे श्रीमतीको हत्या

पोखरा, पुस १३- आफ्नो श्रीमती प्रेमीसंग भाग्न लाग्दा श्रीमानले श्रीमतीको हत्या गरिदिएका छन् । हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ। हिजो (बिहीबार) दिउँसो २ बजे म्याग्दी धौलागिरी गाउँपालिका वडा नम्बर ७ ताकम घर भएका ३६ वर्षीय रत्नबहादुर घर्तीलाई २८ वर्षीया श्रीमती रेखा घर्तीको हत्या गरेको आरोपमा प्रहरीले प्रकाउ गरेको हो । जिल्ला प्रहरी … Read more

जेसिबीको ठक्करबाट बालकको मृत्यु

बडिगाड गाउँपालिका–७ भत्रेनीबाट सोइरेनीसम्मको कच्ची सडक खन्ने क्रममा जेसिबीको ठक्करबाट स्थानीय भानबहादुर घर्तीको १४ वर्षीय छोरा सुनिलको सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो । जेसिबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको जनाइएको छ । Source: Naryani Online