बारा, साउन ५-
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) दधिराम न्यौपानेलाई प्रहरी प्रधान कार्यालयले काज सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयले आज डीएसपी न्यौपानेको प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज, काठमाडौ सरुवा गरेको हो।
प्रहरी स्रोतका अनुसार डीएसपी न्यौपानेलाई कार्बाही स्वरुप सरुवा गरिएको हो । डीएसपी न्यौपानेले कलैयाका क्याम्पस प्रमुख हरिभुषण कुश्वाहाको हत्या मुद्दा कमजोर बनाए भन्दै प्रहरी प्रधान कार्यालयमा उजुरी परेको थियो।
यता जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खडकाले काज सरुवा भएको स्वीकार गरेपनी अन्य आरोप गलत भएको दाबी गरेका छन्।




