बारा, साउन ५ गते ।
बारामा नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बारा प्रहरीले ८५ हजार नक्कली नेपाली नोटसहित एक जनालाई पक्राउ गरेको हो ।
नक्कली नोटसहति पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका २ महुवाहीका ३५ वर्षीय छठु गिरी रहेका छन् । ईलाका प्रहरी कार्यालय सिम्रौनगढको प्रहरी टोलीले सवारी चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार रहेका गिरीलाई एक हजार दरको ८५ थान नक्कली नोटसहित नियन्त्रणमा लिएको हो ।
सिम्रौनगढस्थित महुवाहीबाट नयकाटोलतर्फ जाँदै गरेको अन टेस्ट लेखिएको मोटरसाइकलमा गिरी सवार रहेका थिए । गिरीलाई खोटा मुद्रा सम्बन्धी कसूरमा जिल्ला अदालतबाट आठ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिएका छन् ।



