चितवनको बिसहजारी तालको गेट नजिक एक महिला मृत फेला

चितवन, साउन ९-

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ६ देवनगरस्थित बिसहजारी तालको गेट नजिक एक महिलाको शव फेला परेको छ । खगेरी सिंचाई नहरमा मंगलवार दिउँसो २ः३७ बजे एक महिलाको शव फेला परेको हो ।

फेला परेको शव नुवाकोट बेल‌कोटगढी नगरपालिका–९ जिलीङ घर भई हाल रत्ननगर नगरपालिका–९ खगेरी सिंचाइको पोखरी फार्ममा काम गर्ने बासुदेव भट्टको श्रीमती ३३ वर्षीय ब‌विता भट्टको भएको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।